काठमाडौं उपत्यकाबाट दसैं मनाउनेहरु बाहिरिनेको चाप बढ्यो, दश दिनमा ७ लाखभन्दा बढी बाहिरिए– नेपाल प्रहरी


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

हिन्दुहरुको महान चाड दशै नजिकिदै जादा विभिन्न रोजगारी तथा कामको शिलिशिलमा राजधानीमा रहेका मानिसहरु बाहिरिने क्रम बढ्दो रहेको छ । दशैमा चाडमा टाढा–टाढा रहेका मानिसहरु आफ्ना मान्यजका हातबाट टिका थापी आर्शिवाद लिने प्रचलन रहेको छ । यसपालीको दशैमा आफ्ना मान्यजनका हातबाट टिका थाप्न जाने मानिसहरु घर फर्किन थालेका छन् ।
दशैको सुरुवातसंगै काठमाडौका वसपार्कहरुमा मानिसहरुको चहलपहल निक्कै बढेको छ ।

गएको असोज ५ गतेबाट अग्रिम टिकट खोलिएको थियो तर व्यवसायीले पेट्रलको मुल्य बढे संगै भाडा बढाउनु पर्ने माग पछि ९ गतेबाट पूर्ण रुपमा टिकट वितरण गरिएको थियो । माहानगरीय ट्राफिक माहाशाखाका प्रवक्ता राजकुमार लम्सालले ५ गतेबाट १४ गते सम्ममा जम्मा ५७ हजार ८१ टिकट बुक भइसकेको बताए । उनले ५ गतेबाट १५ गते सम्ममा ८३ हजार १ सय ६ सवारी साधान सहित ६ लाख ६७ हजार ६ सय ९३ यात्रु उपत्यका भित्रएको र ८५ हजार ६ सय ९३ सबारी साधान सहित ७ लाख १५ हजार ८ सय ५० यात्रु उपत्यकाबाट बाहिरेको    बताए । यतिवेला अधिकांश ठाँउको टिकट बुकभई सकेका कारण नयाँ गाडिको व्यवस्थापन गर्नु पर्ने देखीएको छ । काउन्टरमा यात्रुहरु खासै नआएको यातायात व्यवसायि जगदिस खड्काको भनाइ छ । उनले काउन्टरबाट १४ गते सम्म १७ सय टिकट बुक भको बताए । अर्का व्यवसायी राम घिमिरेले टिकट सकिएकाले केहि दिनमा पुन नया“ गाडि थप्न लागेको बताए ।

पुर्वको तुलनामा पश्चििमतफकोे टिकट छिटो सकिएको पाइन्छ । काठमाण्डौंबाट बझा“ङ का लागी टिकट बुकिङ गर्न आएका धर्मराज उपाध्याय टिकट सकिएको भन्दै बाध्यभइ काठमाण्डौं बस्नुपर्ने अवस्था आएको बताए ।
यात्रुहरुको संख्या धेरै भएमा त्यसको अनुपामा गाडि संख्या कम भएमा यातायात व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको समन्वनयमा जुन सुकै रुटका गाडिलाई रुट फ्रि गराई यात्रुको सहजताकालागी सञ्चालन गर्ने ट्राफिक प्रहरी माहाशाखा प्रवत्ता राजकुमार लम्सालको भनाइ   छ ।
घरबाट टाढा–टाढा कर्म गर्न गएका मानिसहरु आफ्ना आफन्तहरुलाई भेट्न घर फर्किने प्रचल छ । यस्ता चाडपर्वका वेला नागरिकको सहजताका राज्यले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । बसपार्कमा टिकट नपाएको भन्दै मन खुम्चाएर बस्ने अवस्था आउन दिनु हुदैन । यसका लागि व्यवसायी र सम्बन्धित निकायले वेलैमा सोच्न आवश्यक छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com