लहान ८ स्थित मोडेल एजुकेसनल एकेडेमीले कक्षा १० मा अध्यनरत एक छात्रालाई निष्कासन गरेको छ ।
कमेडी फिल्ममा अभिनय गरेपछि सिरहा –१८ माडर घर भएकी छात्रा सञ्जना मण्डल स्कुलबाट निष्कासनमा परेकी हुन् । अभिनय गरेर चरित्रहीन भएको आरोपमा प्रिन्सिपल इन्द्रदेव मण्डलले स्कुलबाटै निकालेको सञ्जनाले बताएकी छन् ।
प्रिन्सिपल मण्डलले अबदेखि स्कुलमा प्रवेश गरे ठीक नहुने चेतावनी दिएको उनले बताइन । उनि अहिले स्कुल गएकी छैनन् । उनकी आमा शीतलले एसईई ६ महिनामात्र बाँकी रहदा स्कुलबाट निकालिएपछि छोरी बिचल्लीमा परेको बताएकी छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।