ग्रान्डी र बीएन्डबीविरुद्ध क्षतिपूर्ति मुद्दा


प्रकाशित मिति : मंसिर २१, २०७३ मंगलबार

उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ । राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ललितपुरको ग्वार्कास्थित बी एन्ड बी अस्पतालविरुद्ध क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दर्ता भएको हो ।

ग्रान्डीविरुद्ध १० करोड रुपैयाँ र बी एन्ड बी अस्पतालविरुद्ध १ करोड रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको हो । उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहयोगमा पीडित पक्षले अस्पतालहरूले उपचारमा लापरबाही गरी ज्यान जोखिममा पारेको तथा उपभोक्ताको आर्थिक हानि गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा ग्रान्डीमा उपचारका क्रममा मृत्यु भएका काठमाडौं ग्रिनल्यान्ड निवासी ३० वर्षीय सुदीप विष्टकी आमा चूडाकुमारी विष्टले छाती दुख्यो भनेर मोटरसाइकलको पछि बसेर ग्रान्डी अस्पताल पुगेको छोरा चिकित्सकका लापरबाहीका कारण आफूले गुमाउनुपरेको बताइन् । गत ६ कात्तिकमा ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना भएका भोलिपल्टै सुदीपको मृत्यु भएको थियो । त्यसबेला उपचारका लागि भनेर अस्पताललाई ९४ हजार रुपैयाँ बुझाइसकेपछि ७ गते मृत घोषणा गरिएको थियो ।

मृतक सुदीपकी आमा चूडाकुमारीले हृदयाघातको आशंका भएकाले आफूहरूले त्यसको उपचारका लागि आग्रह गर्दा पनि डाक्टरले ग्यास्ट्रिकको उपचार गर्नु, उपचारका क्रममा पनि सही सूचना नदिनु र मृत्युपछि पनि रिपोर्ट दिन अस्पतालले आनाकानी गर्नुले उपचारमा लापरबाही भएको पुष्टि भएको बताइन् । ‘मेरो छोराको त अस्पतालको लापरबाहीले ज्यान गयो, मेरो छोराजस्तो अन्य कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर न्याय माग्न जिल्ला प्रशासन कार्यालयमा अस्पतालविरुद्ध मुद्दा दर्ता गरेकी हुँ,’ मृतककी आमाले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूले ग्रान्डी अस्पतालका सीईओ डा. अशोक बर्दन, मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे, डाक्टरहरू सजिन सिंह, डा. शंकर रावत, डा. मिलनप्रकाश श्रेष्ठ र डा. विवेक शर्माविरुद्ध उजुरी दिएका हुन् । त्यसैगरी, डा. दीपेश अर्याल, डा. अविनाश गुरुङ, डा. एलिना घिमिरेविरुद्ध पनि उनीहरूले उजुरी दिएका छन् ।

त्यसैगरी, ललितपुर ग्वार्काेस्थित बी एन्ड बी अस्पतालविरुद्ध भने इन्द्रकुमारी राईको उपचारमा लापरबाही भएको भन्दै मुद्दा दायर गरिएको छ । खाना नरुच्ने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिएपछि २७ कात्तिक २०७१ मा उपचारका लागि अस्पताल पुगेकी श्रीमती इन्द्रकुमारी राईको उपचारमा डाक्टरले गलत औषधि चलाउँदा त्यसको रियाक्सनले झन्डै ज्यान गएको र अहिले पनि श्रीमती कमजोर भएको भन्दै क्षतिपूर्ति माग गरेको पीडितका पति अञ्चल राईले बताएको राजधानीमा खबर छ ।

राईले अस्पतालका डाक्टर कृष्णप्रसाद शर्मा तथा फार्मेसीविरुद्ध उजुरी दिएको बताए । उनले उपचारकै क्रममा सो अस्पतालमा पटक पटक गरी १७ लाख ५८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको तर सही उपचार नगरेको भन्दै १ करोडको क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेको बताए । ‘एउटा समस्याका लागि अन्दाजको भरमा ५÷६ वटा रोगको औषधि दिएका कारण छालामा फोका र घाउले आज मेरी पत्नी कुरूप हुनुपर्ने अवस्था छ, त्यसलाई ठीक हुन वर्षौं या जीवनभर पनि लाग्न सक्ने भएकाले क्षतिपूर्तिको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको हुँ,’ पति अञ्चलले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com