पोखराको पालिखेचोकमा युवकको हत्या


प्रकाशित मिति : आश्विन १६, २०७५ मंगलबार

पोखरा महानगरपालिकाको पालिखेचोकमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

उनको सोही ठाउँमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा यतिबेला प्रहरी र स्थानीयको भीड लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com