बेलायतमा १६ वर्ष बिताएकी नेपाली डाक्टर देशनिकाला हुने अवस्थामा, बचाउन हस्ताक्षर अभियान


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

-ध्रुबराज अर्याल

लण्डन । बेलायतमा झन्डै १६ वर्ष बिताएकी एक नेपाली डाक्टर यतिबेला बेलायत सरकारबाट देशनिकाला हुने अवस्थामा पुगेकी छन् ।

बेलायतको ईस्ट सर्रे अस्पतालमा कार्यरत डाक्टर शशी अबाईले बेलायतको स्थायी बासोबासका लागि दिएको आवेदन अस्वीकृत भएपछि उनी डिपोर्टेसन हुने अवस्थामा आइपुगेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिबिसी सर्रेको रेडियो सेवालाई अन्तरवार्ता दिदै शशीले बेलायतमा १६ वर्षसम्म कानुनी हैसियतमा बसेको हुंदाहुंदै पनि सरकारले जबरजस्ती देशनिकाला गर्न लागेको गुनासो गरेकी छन् ।

सन् २००३ मा बेलायत आएकी शशीले नेपाल छोडेको २६ वर्ष भइसकेको छ । रशियामा अध्ययन गरेकी उनले बेलायत आएपछि जनरल मेडिकल काउन्सिलमा रजिस्टर भएर डाक्टरको रुपमा काम गर्न थालेकी थिइन् ।

सन् २०१५ मा बेलायती नागरिक रहेका आफ्ना श्रीमानसंग सम्बन्धबिच्छेद गरेकी थिइन् शशीले । त्यसपछि सन् २०१६ को नोभेम्बरमा बेलायतको स्थायी बसोबासका लागि उनले गरेको आवेदन अस्वीकृत भएको थियो । होम अफिसबाट आवेदन अस्वीकृत भएपछि उनी कार्यरत सर्रे अस्पतालको जागिर समेत गुमाएकी शशी डेढ वर्षदेखि बेरोजगार पनि छन् ।

उनको अपील अहिले जुडिसियल रिभ्युको प्रक्रियामा छ । अदालतले उनको पक्षमा फैसला नगरेको अवस्थामा उनीसंग नेपाल डिपोर्ट हुनुको विकल्प रहनेछैन ।

‘बेलायतमा सरकारका उच्च अधिकारीहरुले विशेष सीप, दक्षता हुने विदेशी कामदारलाई इमिग्रेसनको अफ्ठेरो नपार्ने भनेर भाषण गरिरहन्छन्, तर त्यसको ठीक विपरित मेरो जस्तो निकै उच्च डिमाण्ड रहेको सीपको कुनै वास्ता नगरेर मलाई जबरजस्ती देश फर्काउने कोशिस भइरहेको छ’, शशीले भनेकी छन् ।
सर्रे अस्पतालको नाक, कान, घांटी विभागकी जुनियर डाक्टर शशीलाई कामबाट निकालिएको डेढ वर्षभन्दा लामो समयसम्म पनि रिक्त ठाउं परिपूर्ति हुन नसकेको उनी बताउंछिन् ।

‘मैले नेपाल छोडेको २६ वर्ष भइसक्यो । बोल्न आएपनि मैले नेपाली भाषामा लेख्न समेत बिर्सिसकें । यस्तो अवस्थामा मलाई अब त्यहि ठाउंमा गएर पुनः जीवन सुरु गर्न निकै अफ्ठेरो पर्ने निश्चित छ’, शशीले भनिन्, ‘मलाई बेलायत मन परेको छ, यहांको एनएचएसको सिस्टम मन परेको छ । मैले यतै घर किनेर स्थायी बन्दोबस्त गरिसकेकी छु । मेरो सीप र अनुभवबाट म यहि बसेर सेवा गर्न चाहन्छु ।’

शशीको विषयमा होम अफिसको निर्णय उल्टाउन माग गर्दै एक अनलाइन पेटिसन पनि सुरु भएको छ । उक्त पेटिसनमा हस्ताक्षर गर्न यो लिंकमा क्लिक गर्न सकिन्छ ।

बेलायतमा पछिल्लो समय आप्रवासीहरुको संख्या नियन्त्रणको नाममा इमिग्रेसन नीति निकै कठोर बनाइएको छ । विशेष सीप, दक्षता हुने विदेशीहरुलाई विशेष प्राथमिकता दिइने बताइएपनि व्यवहारमा भने लागु हुन नसकेको देखिन्छ ।

नेपालीपत्रबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com