लस एन्जलस एरियामा १५० आप्रवासी पक्राउ


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले दक्षिणी क्यालिफोर्नियामा मारिएको छापामा १५० जना आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ । आइतबारदेखि मंगलबारसम्म संचालन गरिएको अपरेशनका क्रममा कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गरिएको हो । अपरेशन लस एन्जलस, अरेन्ज, सान बर्नान्डिनो, रिभरसाइड, सान्टा बारबरा र भेन्चुरा काउन्टीमा संचालन गरिएको थियो ।

पक्राउ परेकाहरुमध्ये ९० प्रतिशतको अपराधको पृष्ठभूमी रहेको आइसले दावी गरेको छ । बाँकी भने कुनै अपराध नगरेका कागजपत्रविहिनहरु हुन् । आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्ने क्रम तीब्र भइरहँदा दक्षिणी क्यालिफोर्नियामा उनीहरुलाई पक्राउ गरेको हो ।

क्यालिफोर्नियाको स्थानीय कानुन अनुशार अपराध गरेकाहरुलाई समेत जेलबाट आइसलाई हस्तान्तरण नगरिएको भन्दै आइसका अधिकारी थोमस गिल्सले आक्रोश व्यक्त गरेका छन् । अमेरिकाका कैयन स्यांचुअरी सिटीहरुले कागजपत्रविहिन आप्रवासीहरुले कुनै अपराध गरेको खण्डमा उनीहरुलाई स्थानीय जेलमा सजाय भोगिसकेपछि अध्यागमनलाई हस्तान्तरण नगरिकनै छाड्ने गरेका छन् ।

गत जुनमा आइसको लस एन्जलस फिल्ड अफिसले १५७ कागजपत्रविहिन आप्रवासी पक्राउ गरेको थियो । त्यस्तै यो बर्षको सुरुताका पनि २१२ जना कागजपत्रविहिन आप्रवासीलाई पक्राउ गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com