२०१९ का डिभी विजेतालाई सोमबारदेखि भिसा, ६ सय सम्म केस नम्बर हुने नेपालीलाई अक्टोबरमा भिसा


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

आर्थिक बर्ष २०१९ का लागि डिभी विजेताहरुले आगामी सोमबारदेखि भिसा पाउन थाल्ने भएका छन् । सोमबारदेखि अमेरिकामा रहने डिभी विजेता नेपालीहरुले युएससीआईएसमार्फत स्टाटस एड्जस्ट गर्न सक्नेछन् भने अमेरिका बाहिर रहेका नेपाली डिभी विजेताहरुले काठमाडौंमा रहेको अमेरिकी दूतावासमार्फत भिसा प्राप्त गर्न सक्नेछन् ।

तर अक्टोबर महिनाका लागि डिभी विजेता नेपालीहरुका लागि सिमाबन्दी लगाइएको छ । ६ सयसम्म केसनम्बर हुनेहरुको मात्र अक्टोबरमा भिसा प्रकृया गरिनेछ । त्यस्तै नोभेम्बरमा ११ सयभित्र केसनम्बर हुने नेपाली डिभी विजेताहरुको मात्र भिसा प्रकृया गरिनेछ । सन् २०१९ का लागि डिभी विजेताहरुले तोकिएको केसनम्बरभित्र पर्नासाथ ढिला नगरी भिसा प्रकृया तुरुन्त अगाडि बढाउन सुझाव दिइएको छ । अन्यथा डिभी जितेपनि अमेरिकाको भिसा नपाउने सम्भावना रहन्छ ।

सन् २०१९ का लागि डिभी लोटरीको रिजल्ट गत मे १५ मा सार्वजनिक भएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक सन् २०१९ का लागि ३६३३ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । उनीहरुले आगामी सोमबारदेखि भिसा पाउन सुरु गर्नेछन् भने उनीहरुले सन् २०१९ को सेप्टेम्बर ३० सम्म भिसा पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१९ का लागि विश्वभरबाट भने ८७ हजार ६ सय १० जनाले डिभी लोटरी पारेका छन् । उनीहरुमध्ये ५० हजारको हाराहारीमा मात्र अमेरिकाको ग्रिनकार्ड पाउनेछन् । ठ्याक्कै ५० हजार जनालाईमात्र डिभी पार्दा सबै योग्य नहुने तथा बदलिएको अवस्थाका कारण अमेरिका आउन इच्छुक नहुने भएकाले ५० हजार भन्दा धेरैलाई डिभी लोटरी पार्ने गरिएको अमेरिकी सरकारले जनाएको छ ।

सन् २०१९ का लागि विश्वभरबाट १ करोड ४३ लाख ५२ हजार १३ जनाले डिभी लोटरी भरेका थिए । जसमा उनीहरुका आफन्तहरु समेत जोड्दा २ करोड २४ लाख २५ हजार ५३ जना हुन आउँछ । उनीहरुले गतबर्ष सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म डिभी लोटरी भरेका थिए ।

२०१९ का लागि एसियाका मुलुकहरुमध्ये सबैभन्दा धेरै डिभी लोटरी पार्नेमा नेपाल दोश्रो स्थानमा परेको छ । एसियाको पहिलो स्थानमा इरानका ४१९९ जनालाई डिभी लोटरी परेको छ । इरान यो बर्ष विश्वमा नै सबैभन्दा धेरै डिभी लोटरी पार्ने मुलुक हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com