सकियो २०१८ का डिभी विजेताको भिसा पाउने अवधि, २४ सय धेरै डिभी विजेता नेपालीले पाएनन् भिसा


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

आर्थिक बर्ष २०१८ का लागि डिभी विजेता नेपालीहरुले भिसा पाउने अवधि समाप्त भएको छ । आर्थिक बर्ष २०१८ का लागि डिभी ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेकोमा झण्डै १७ सय प्राथमिक विजेताहरुलेमात्र भिसा पाएका छन् । यद्यपी प्राथमिक विजेता र उनीहरुका परिवासहित डिभी भिसा पाउने नेपालीहरु भने आर्थिक बर्ष २०१८ मा झण्डै ३५ सय जना रहेका छन् । अब बाँकी डिभी लोटरी विजेताहरु भिसा पाउन स्वत अयोग्य भएका छन् ।

यसरी हेर्दा आर्थिक बर्ष २०१८ का लागि डिभी विजेता ४०९७ नेपालीहरुमध्ये २४ सय भन्दा धेरै डिभी विजेता र उनीहरुका परिवार अमेरिकामा आउनबाट वञ्चित भएका छन् । अमेरिकी सरकारको विदेशमन्त्रालयको तथ्यांक अनुशार आर्थिक बर्ष सन् २०१८ को ११ महिनामा प्राथमिक डिभी विजेता र उनीहरुका परिवारका सदस्यहरुसहित जम्मा ३१७४ जना नेपालीले अमेरिकाको भिसा पाएका छन् । जसमा भिसा पाउने प्राथमिक विजेताहरु जम्मा १५१० जना रहेका छन् ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना अक्टोबरमा १५७ जना, नोभेम्बरमा १४७ जना, डिसेम्बरमा पनि १४७ जना, जनबरीमा १४५ जना, फरबरीमा १४२ जना, मार्चमा १६५ जना, अप्रिलमा १४४ जना, जुनमा १६१ जना , जुलाईमा १२१ जना र अगस्तमा १८१ जना प्राथमिक डिभी विजेताहरुले अमेरिकाको भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका दम्पत्ति र बच्चाबच्चीले पनि भिसा पाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com