संयुक्त राष्ट् संघको मुख्यालय अगाडी प्रधानमन्त्री बिरुद्ध बिरोध प्रर्दशन


प्रकाशित मिति : आश्विन १२, २०७५ शुक्रबार

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल अमेरिका लगायत बिभिन्न संघ सस्थाले केपी शर्मा ओली सरकारको बिरोध स्वरुप विहिबार संयुक्त राष्ट्संघको कार्यालय अगाडी बिरोध प्रर्दशन गरेका छन् । ओली सरकार तानाशाही भएको भन्दै तरुण दल लगायतका संस्थाले बिरोध गरेको जनाए ।

संयुक्त राष्ट् संघको महासभामा सहभागि हुनु पूर्व, ति संघ सस्थाले प्रधानमन्त्री ओलीको बिरोध प्रदर्शन गरेका थिए । कालो टिसर्ट लगाएका तरुण दल र नेपाल बिद्यार्थी संघका सहभागि नेता तथा जनसम्पर्क समिति अमेरिका र जनसम्पर्क समिति विश्व सञ्जालका नेताहरुले बलत्कार, हत्या हिसांमा संलग्नलाई कारवाही गर, निर्मला पन्तलाई न्याय दिलाउ, प्रजातान्त्रिक सरकार चाहियो जस्ता नारा लेखेका ब्यानर बोकेका थिए ।

तरुण दल अमेरिकाले सरकारले अधिनायकवादी चरित्र देखाएको, राज्यले जनतामाथी दमन गरेको, भ्रष्टाचार, दिन दहाडै हत्या एवं बलत्कारका घटना बढेको र अनियन्त्रित भएको भन्दै प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट् संघ अगाडि कालो झण्डा देखाएको जनाएको छ । यस्तै फिप्ना र अन्र्तगतका सदस्य संगठनहरुले समेत बिरोध गरेको जनाएका छन् । यसैगरी मधेसी समुदायले समेत राष्ट् संघको कार्यलय अगाडी बिरोध प्रदर्शन गरेको जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिरोध प्रर्दशन बारे जानकारी दिँदै जनसम्पर्क समिति अमेरिकाका संगठन बिभाग प्रमुख बेद खरेलले कालो झण्डा देखाउनु र बिरोध गर्नु प्रजातन्त्रमा सबै स्वतन्त्र हुने भन्दै सरकारले गतल गरेमा बिरोध र राम्रो काम गरेमा समर्थन गनु प्रजातान्त्रिक परिपाटी भएको जानकारी दिए ।

यसरी बिभिन्न संघ सस्थाहरुले प्रधानमन्त्रीको बिरोध गरेपछि प्रधानमन्त्री सम्मानार्थ शुक्रबार न्यूयोर्कमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थागित भएको जनाइएको छ । संयुक्त राष्ट्संघ, महासभाको ७३ औं अधिवेशनमा सहभागि हुन अमेरिकामा रहेका प्रधानमन्त्रीको सम्मानका लागि गैरआवासिय नेपाली संघ राष्ट्यि समन्व्य परिषद अमेरिकाको संयोजन, प्रवासी नेपाली मञ्च अमेरिका, नेपाल आदिवासी जनजाती महासंघ र नेपाली संघिय समाजले संयुक्त रुपमा कार्यक्रम गर्ने भनिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com