उत्तरी टेक्सास र ओक्लाहोमामा ९८ कागजपत्रविहिन पक्राउ, सबैभन्दा धेरै डलासबाट


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उत्तरी टेक्सास र ओक्लाहोमामा छापा मारेर ९८ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालीहरु भने कोही पनि नरहेको आइसले जनाएको छ ।

१० दिने अपरेशनका क्रममा आइसले टेक्सासका ३८ वटा सहरहरुमा छापा मारेको हो । पक्राउ पर्नेहरु टेक्सासका ८६ जना र ओक्लाहोमाका ११ जना रहेका छन् । ओक्लाहोमाका ओक्लाहोमा सिटी र तुल्सामा आइसले छापा मारेको हो । पक्राउ पर्नेहरुमध्ये ३१ जना कुनै पनि अपराधमा संलग्न नभएका कागजपत्रविहिनहरु हुन् ।

पक्राउ पर्नेहरु मेक्सिको, एल साल्भाडोर, मार्शल आइल्याण्ड, पाकिस्तान र पेरुका नागरिकहरु रहेका छन् । पक्राउ पर्नेहरुमध्ये ६७ जनाकोमध्ये विभिन्न अपराधहरु गरेका रेकर्ड रहेको छ । ५ जना भने गिरोहका सदस्यहरु रहेको आइसले दावी गरेको छ ।

टेक्सासमा सबैभन्दा धेरै डलासबाट ११ जना पक्राउ परेका छन् भने अर्भिंग, फोर्ट वर्थ, डेन्टन लगायतका स्थानबाट पनि आइसले आप्रवासीहरुलाई पक्राउ गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com