न्युयोर्कको डाइभर्सिटी प्लाजामा इन्द्रजात्रा देखाइने, सांस्कृतिक झाँकी र समयबजी विशेष आकर्षण


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

नेवा गुठी न्युयोर्कले ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा इन्द्रजात्रा गर्ने भएको छ । आगामी आगामी शनिबार सेप्टेम्बर २९ मा इन्द्रजात्राको कार्यक्रम हुने नेवा गुठी न्युयोर्ककी कोषाध्यक्ष सूर्य श्रेष्ठ महर्जनले जानकारी दिनुभयो ।

इन्द्रजात्राको विशेष आकर्षण सांस्कृति प्रस्तुती र समयबजी हुनेछ । न्युयोर्कमा सार्वजनिक स्थलमा इन्द्रजात्राको कार्यक्रम गर्न लागिएको यो नै पहिलो पटक हो । यसरी सार्वजनिक स्थलमा कार्यक्रम गर्दा नेपाली बाहेकका अन्यले समेत नेपाली कला र संस्कृति अवलोकन गर्न पाउने तथा यसबाट नेपाली संस्कृति र पर्यटनको प्रवद्र्धन हुने आयोजकको विश्वास छ ।

इन्द्रजात्रा कार्यक्रम दिउसो २ बजेदेखि बेलुका ७ बजेसम्म आयोजना गरिनेछ । डाइभर्सिटी प्लाजामा इन्द्रजात्रा कार्यक्रमका लागि स्थानीय सरकारबाट अनुमति लिइसकिएको छ ।

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ।

फोटो : नेपालको इन्द्रजात्रामा प्रदर्शन गरिएको समयबजी ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com