प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्पबीच २ मिनेट भेटवार्ता


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिने क्रममा सप्ताहब्यापी न्युयोर्कको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच २ मिनेट भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आजसाँझ आयोजना गर्नुभएको रिसेप्सनमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्रीपत्नी राधिका शाक्य सहभागी हुनुभएको राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघ महासभाका बेलामा अमेरिकी राष्ट्रपति राष्ट्रप्रमुखहरुका लागि रिसेप्सेन पार्टीको आयोजना गर्ने प्रचलन रहेको छ । जस अनुशार विश्वका विभिन्न देशका राष्ट्रप्रमुखहरु र अमेरिकी राष्ट्रपतिबीच फोटो सेसनको कार्यक्रम हुनेगर्छ । प्रधानमन्त्री ओली दम्पत्तिले पनि अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिसँग फोटोसेसन गर्नुभएको छ ।

राष्ट्रसंघ महासभाको बेलामा अमेरिकी राष्ट्रपतिले आफूले महत्व दिएका राष्ट्रप्रमुखहरुलाई रिसेप्सनबाहेक छुट्टै पनि भेट्ने गर्छन् । यद्यपी रिसेप्सनमा हुने भेटघाट सामान्य औपचारिकतामात्र हुने गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका प्रधामन्त्रीलाई छुट्टै भेट्ने भने कुनै कार्यक्रम रहेको छैन ।

अमेरिकी राष्ट्रपतिले दिने रिसेप्सनमा सहभागी हुँदै यसअगाडिका प्रधानमन्त्रीहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com