दशैँको अग्रिम टिकट बुकिङ भोलिबाट


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

दशैँको लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ला हुने भएको छ । नेपाल यातायात व्यवसायस्ी महासंघको आज बसेको बैठकले दशैँको लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको हो ।

यसअघि असोज ५ गतेबाट अग्रिम टिकङ खुल्ने भनिएको थियो । तर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि यातायात व्यवसायी महासंघले दशैँको टिकट बुकिङ नगर्ने चेतावनी दिएको थियो ।

त्यसलगत्तै सरकार र यातायात व्यवसायी महासंघले वार्तामार्फत सवारी साधनको भाडामा १० प्रतिशतले बृद्धि गर्यो । यातायातको भाडा बृद्धि भएपछि भोलिबाट महासंघले दशैँको अग्रिम टिकट बुकिङ खोलेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com