सिकेका कार्यकर्ता धमाधम पक्राउ


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

असोज ३ अर्थात् संविधान दिवस । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउतले बुधबारको दिनलाई कालो दिन भन्दै संविधान विपरित गतिविधिलाई बढावा दिएकाले प्रहरीले उनी समर्थक कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । जनकपुरबाट बुधबार मात्रै ७० बढी कार्यकर्ता पक्राउ परेका छन् ।

मधेशमा छुट्टै संगठन बनाएर स्वतन्त्र मधेशको आवाज उठाइरहेका सिकेलाई प्रहरीले व्यापक खोजीको सूचीमा राखेको छ । जनकपुरमा हजारौँ कार्यकर्ता भेला पारेर संविधानविरूद्ध धावा बाेल्ने याेजना बनाएका उनलाई प्रहरीको कडा निगरानीले गाह्रो बनाएको छ । सडकमा हिडिरहेका र विरोधी गतिविधिमा संलग्न राउतका कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएसँगै उनको जनकपुरमा गर्ने भनिएको कार्यक्रम हुन सकेको छैन् ।

देशैभर संविधान दिवसलाई भव्यताका साथ मनाइरहेका बेला मधेशमा अर्थात् २ नम्बर प्रदेशमा विभिन्न दलहरुले कालो दिन भन्दै विरोध गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com