११ बर्ष कान्छासँग बिबाह गरेकी प्रियंकाले ५ बर्षको उमेरदेखि यस्तो रोग छ भन्ने खुलाएपछि हंगामा


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

अभिनेत्री प्रियंका चोपडाले हालै एक ट्वीट गरेर एक अनौठो रोगको बारेमा खुलासा गरेकी छिन । प्रियंकाले भनिन, “म पाँच वर्षको उमेर देखि नैं दमको रोगि थिए ।” सामाजिक सञ्जालमा साझेदार गरिएको भिडियोमा, उनले दमको बारे मानिसहरूलाई चेतावनी दिइरहेकी छिन । भिडियोमा उनले आफ्ना प्रशंसकहरूको अगाडि भावनात्मक सन्देश पनि दिइन ।

साझा भिडियोमा, प्रियंका आफैले भनेका छन् कि “म दमबाट पीडित छु यो बिरामी म पाँच बर्षको हुँदा भन्दा पहिले देखि छ । मेरी आमाले मलाई धेरै सहयोग गरीन । मानिसहरु सोच्छन दम रोगको कुनैं उपचार हुँदैन यो रोग दिर्घकालिन हुन्छ र निको पनि हुँदैन । त्यसपछि मैंले औषधिको गोलि खान छोडेकी हुँ ।

धेरै व्यक्ति जो मलाई जान्दछन् कि मलाई दम छ किनभने मैंले यो रोगलाई लुकाएको छैन । जब म धुलो धुवामा हुन्छु तब मलाई श्वास फेर्न गाह्रो हुन्छ । यसको बावजूद मैले मेरो कामको समयमा धेरैं मेहनत गरे धेरैं काम गरें । मलाई लाग्दैन दमको कारणले मेरो काममा कुनै पनि बाँधा भएको छ ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com