नेपालमै कलेजो प्रत्यारोपण हुने


प्रकाशित मिति : मंसिर १८, २०७३ शनिबार

मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ । कलेजो प्रत्यारोपणका लागि केन्द्रले डेढ वर्ष पहिले नै चिकित्सक तथा नर्सलाई तालिमका लागि विदेश पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयले ल्याएको नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाको आठवटा अङ्ग लिने र प्रत्यारोपण गर्ने बाटोसमेत खुला गरेको छ ।
नेपालका कलेजो रोगीले कलेजो प्रत्यारोपण गर्न चाहे पनि नियमावली तथा प्रत्यारोपण सुविधा नभएका कारण विदेशमा गई करोडौँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । ‘मानव अङ्ग प्रत्यारोपण नियमावली आएसँगै कलेजो प्रत्यारोपणमा कानुनी रूपमा सहज भएको छ,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘कलेजो प्रत्यारोपणका लागि यसअघि नै केन्द्रले चिकित्सक तथा नर्सिङ्ग टोलीलाई तालिमका लागि विदेश पठाइसकेको छ ।’ डा. श्रेष्ठले केन्द्रले केही समयमै कलेजो प्रत्यारोपणसम्बन्धी विदेशबाट विज्ञ चिकित्सक टोली आएपछि नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिए ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण नियमावलीले ब्रेन डेथ भएकाको अङ्ग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुला गरेर थप उत्साहित बनाएको जानकारी पनि दिए । कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड ५० लाख रुपियाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपियाँमा प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मानव अङ्गसम्बन्धी नियमावलीमा ब्रेनडेथबाट आउने मिर्गौला लगायतका अङ्ग कसरी प्रत्यारोपण गर्ने, कसले पाउने, त्यसको स्पष्ट मापदण्ड बनाएर वितरण प्रक्रिया बनाइएको छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि कुनै अस्पतालमा कुनै बिरामीको मस्तिष्क मृत्यु भयो भने मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भएको समन्वय एकाइलाई खबर गर्नुपर्ने हुन्छ ।’ समन्वय एकाइले उक्त अस्पताल गएर त्यो डोनर ठीक छ छैन भनेर परीक्षण गर्नुका साथै त्यसको परिवारको सहमति लिएर अङ्ग निकाल्ने प्रक्रिया अघि बढाउँछ ।

नियमावलीमा अङ्ग दिने व्यक्ति र लिने व्यक्तिको उमेर मिल्नुपर्ने हुन्छ । यस्तै अङ्ग म्याच हुनेले प्राथमिकताका साथ पाउँछ । यो बाहेक बढी समय कुरेको बिरामीलाई पनि प्राथमिकता दिइन्छ । डा. श्रेष्ठले नियमावलीले महिलालाई बढी प्राथमिकता दिएको जानकारी दिए ।

जुन प्राथमिकता विश्वका कुनै राष्ट्रमा छैन, डा. श्रेष्ठले भने, ‘महिलालाई तीन नम्बर बढी दिइएको हुन्छ, सबैभन्दा बढी मापदण्डमा जुन व्यक्ति पर्दछ, उसैलाई प्राथमिकता दिने व्यवस्था गरेको हुन्छ ।’ उक्त मापदण्ड कम्प्युटरले बनाउने जानकारी दिँदै उनले मापदण्डमा जति धेरै स्कोर पाएको छ, त्यसैले अङ्ग पाउने बताए ।

मस्तिष्कको पूर्ण क्षमता नभएको अवस्थालाई ब्रेन डेथ भनिन्छ । अङ्ग वितरण प्रक्रिया, प्रत्यारोपण प्रक्रियामा यसले सघाउने व्यवस्था नेपाल सरकारले गरेको गाेरखापत्रमा खबर छ । डा. श्रेष्ठले मिर्गौला बाहेक कलेजो, मुटु, फोक्सो, प्यान्क्रियाज प्रत्यारोपण पनि अब सहज बनेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com