प्यूठानका विद्यार्थी जब काँप्न थाले… (भिडियोसहित)


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

प्यूठानको एक विद्यालयका विद्यार्थीहरुमा एक्कासी काँप्ने, चिच्चाउने, छटपटिने र बेहोस हुने समस्या देखा परेको छ । गौमुखी गाउँपालिका-७ नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुमा यस्तो समस्या देखिएको हो ।

१० देखि १५ वर्ष उमेरका ४७ जना छात्र–छात्रामा यस्तो समस्या देखिएको विद्यालयले जनाएको छ । ‘पछिल्लो चार दिनदेखि यस्तो समस्या देखिएको छ,’ विद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीले भने, ‘योभन्दा पहिले असार महिनामा यस्तै समस्या देखिएको थियो ।’

विहान ११ बजेदेखि करिव १ बजेको समयमा विद्यार्थीहरुमा काँप्ने र बेहोस् हुने समस्या देखिने गरेको छ ।

‘मनोवैज्ञानिक असर’

नेपालगञ्ज मेडिकल कलेजका डाक्टर रित पौडेलले आइतबार विद्यालयको अवलोकन गरे । अवलोकन पछि उनले विद्यार्थीमा मनोबैज्ञानिक असर भएको बताए ।

त्यसैले मनोसामाजिक सम्वन्धी एक हप्ते अभिमुखीकरण शिविर राख्ने विद्यालयको योजना छ ।

गत असारमा विद्यार्थीहरु काँप्ने र छटपटिने समस्या हुँदा अभिभावक र विद्यार्थीहरुले विद्यालय परिसरमा सरस्वतीको मन्दिर स्थापना गर्न भनेका थिए । मन्दिर स्थापना गरेपछि पनि समस्या दोहोरिएपछि विद्यालय चिन्तामा परेको छ ।

विद्यालयमा बनेको नयाँ भवन ‘मसानघाट’ भएको अभिभावकहरुले बताउँदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com