प्रदेश टुक्र्‍याएकोविरुद्धमा बुटवलमा विशाल जनप्रदर्शन


प्रकाशित मिति : मंसिर १७, २०७३ शुक्रबार

बुटवल ।  प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा आज बुटवलमा विशाल जनप्रदर्शन भएको छ । कांग्रेस, एमाले, माओवादीलगायत दलहरूकै अगुवाईमा हजारौं जनता सड्कमा अाएका हुन ।

जन प्रदर्शनलाई बुटवलको ट्राफिकचोकमा  एमाले नेता विष्णु पौडेल, घनश्याम भुषाल, नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस चन्द्र भण्डारीलगायतले सम्बोधन गरे ।  सम्बोधनका क्रममा  प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच नम्बर प्रदेशमा आएर जनताको सामना गर्न चुनौती दिए । कार्यक्रममा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले कसकालागि प्रदेश टुक्राउन खोजिएको भन्दै आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्रश्न गरे । उनले यो प्रस्तावलाई ‘बिगि्रने बेलाको बुद्धि’ भनेर टिप्पणी गरे ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रदेश नम्बर ५ मा गिद्धे दृष्टि नलगाउन आग्रह गरे । एमाले उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, बैजनाथ चौधरी, खिमलाल भट्टराई, जनमोर्चाकी नेतृ दुर्गा पौडेल लगायतले पनि पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । फाेटाे फेसबुकबाट

15230713_691509577671595_1700978514163918359_n

15219571_691516237670929_4714298736662200081_n

 

15202748_691509584338261_6643694281709294857_n

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com