अमेरिकामा बाबुराम भट्टराईलाई कालो झण्डा देखाउनेहरु काँग्रेसका कार्यकर्ता !


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

एक महिना लामो अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिकामा पाँच नेपालीले कालो झण्डा देखाए, हत्यारा भने, नेपाल फर्क भने । डिसी मेट्रोबाट टेक्सस जाने क्रममा बाबुराममाथि दुव्र्यवहार भएको हो ।

त्यसो भन्ने अमेरिकी सरकार, प्रहरी कोही पनि थिएन । उनीहरु नेपाली नै थिए । नेपाली भए पनि उनीहरु को थिए ? धेरैलाई चासो थियो । अमेरिकाबाट प्राप्त समाचार अनुसार, नेपालका पूर्व प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने नेपालीहरु थिएः ओम भट्टराई, सन्तोष विष्ट, भरत अर्याल, साजन मुल्मी, विकास उप्रेती । यीमध्ये भट्टराई आफूलाई तरुण दल अमेरिकाको अध्यक्ष बताउँछन् । अरु पनि नेपाली कांग्रेसको भ्रातृसंगठन जनसम्पर्क समिति अमेरिकाका सदस्यहरु हुन् र नेपाली कांग्रेसका कार्यकर्ता नै हुन् ।

बाबुरामको गुनासो

बाबुराम भट्टराईले आफ्नो ट्विटमा भनेका छन्, ‘ यो कस्तो पत्रकारिता हो कुन्नि ! पाँचसय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोधचाहिं भँगेरे अक्षरमा ! जो अगुवा उही बाटो……! अनि देश कसरी समृद्ध बनोस् ?’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

नेपालमा पनि आलोचना

राजनीतिक उद्देश्यले अमेरिका गएका भट्टराईलाई कालो झण्डा देखाएर हत्यारा भन्ने पाँच नेपाली युवाको नेपालमा पनि विरोध भएको छ । जनयुद्ध एउटा राजनीतिक मुद्दा भएकाले त्यही मुद्दामा टेकेर धेरै नेपाली आफूलाई ‘माओवादीपीडित’को नक्कली समाचार छपाएर विदेशमा नक्कली शरणार्थी बनेर सक्कली जीवन बिताइरहेकोमा शंका छैन ।

तर देशको प्रधानमन्त्री भएको व्यक्तिलाई कालो झण्डा देखाउने कामले नेपालीको बेइजत भएकाले ती पाँच युवालाई कारबाही गर्न सामाजिक सञ्जालमा माग पनि भएको छ । केहीले भद्दा शब्द प्रयोग गर्दै पाँच युवालाई सत्तोसराप गरेका छन् ।

कांग्रेसबाटै किन यस्तो भयो ?

सबैभन्दा रमाइलो विषय त यो छ कि, अमेरिकामा रहेका कांग्रेसीजनबाट भट्टराईमाथि दुव्र्यवहार भयो । नेपालमा भने भट्टराई कांग्रेसकै पक्षमा उभिन्छन् अचेल । त्यतिमात्र होइन, गोरखाबाट निर्वाचन जित्दा पनि उनी नेपाली कांग्रेसकै सहयोगमा विजयी भएका हुन् । अमेरिकामा कालो झण्डा देखाउने र हत्यारा भन्ने पाँच युवाबारे कांग्रेसको धारणा कहिले आउला ? चासोको विषय बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com