धुर्मुस सुन्तलीलाई चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न जग्गा नदिने विश्वविद्यालयको निर्णय


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

धुर्मुस सुन्तलीले चितवनमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागिा जग्गा उपलब्ध नहुने भएको छ । निर्माणका लागि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा धुर्मुस सुन्तली फाउन्डेसनलाई उपलब्ध गराइने भनिएको जग्गा कृषि तथा वनविज्ञान विश्वविद्यालयले रोक्ने भएपछि सो जग्गा अड्किएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि दिने भनिएको जग्गा उपलब्ध नगराउने कृषि तथा वनविज्ञान विश्वविद्यालयको सातौं सिनेट बैठकले निर्णय गरेको छ । सो क्रिकेट मैदान निर्माण गर्न मेयर रेणु दाहालले पहल गर्दै चितवनमा २० विघा जग्गा उपलब्ध गराउने निर्णयभई जग्गा नापजाँचसमेत भएको थियो।

महानगरका प्रमुख रेनु दाहालका अनुसार भरतपुर–१८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको थियो। तर विश्वविद्यालयको सातौं सिनेट बैठकले सो जग्गा क्रिकेट रङ्गसाला निर्माकालागि नदिने निर्णय गरेको हो ।

क्रिकेट मैदानका लागि उपलब्ध गराउने भनिएको जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको छ । बैठकले विश्वविद्यालयलाई नै जग्गा अपुग भएको अवस्थामा क्रिकेट मैदान बनाउन जग्गा दिन नसकिने निर्णय गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com