विमस्टेक सैन्य अभ्यासबाट नेपाल बाहिरिएकोमा भारत असन्तुष्ट


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

New Delhi: Prime Minister Narendra Modi at the release of Vice-President Hamid Ansari’s book ‘Citizen and Society’ at Rashtrapati Bhawan in New Delhi on Friday. PTI Photo by Subhav Shukla(PTI9_23_2016_000085B)

पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ ।

एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो ।

विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भयो ।

भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले यो विषयका जानकार एक व्यक्तिको हवाला दिँदै नयाँ दिल्लीले काठमाडौँको निर्णय अनुपयुक्त भएको ठानेको र रद्द गर्न भनिएको ‘आन्तरिक राजनीतिको दबाब’ ‘चित्त बुझ्दो’ नभएको मानेको लेखेको छ । साथै, ती जानकारलाई उद्धृत गर्दै नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई ‘लाजमर्दो अवस्था’ मा पु¥याएको बताएको पत्रिकाले लेखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तथापि हालसम्म आधिकारिक रुपमा न भारतको विदेश मन्त्रालय न त रक्षा मन्त्रालयले नै नेपालले सैन्य अभ्यासमा पूर्ण सहभागिता नहुने कुरामा टिप्पणी गरेको छन् ।

पत्रिकाले नाम उल्लेख गर्न नचाहने एक भारतीय सरकारी अधिकारीले सहभागिता पूर्णत सहभागी देशको सुविधाको आधारमा हुने बताएको जनाएको छ ।

गत शुक्रबार नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौँस्थीत भारतीय राजदुत मन्जीभ सिंह पुरीलाई बोलाएर नेपाल सैन्य अभ्यासमा सहभागि हुन असमर्थ रहेको बताएका थिए । ओलीले ‘आन्तरिक राजनीतिक दबाब’लाई रद्दको कारण बताएको उल्लेख गरिएको छ ।

अघिल्लो हप्ता काठमाडौँमा आयोजना भएको विमस्टेक सम्मेलनको समापनको क्रममा सैन्य अभ्यासमा सहभागि हुन नेपाल सहमत भएको खबर आए लगतै नेपालको मिडिया तथा राजनीतिक वृतमा यसको व्यापक आलोचना भएको थियो ।

पत्रिकासँग कुरा गर्ने व्यक्तिले सम्मेलनका क्रममा मोदीले सार्वजनिक रुपमै घोषणा गरेको सैन्य अभ्यासको कार्यक्रममा सहमति जनाएको नेपाल अचानक बाहिरिँदा भारतलाई लाजमर्दो अवस्थामा पुर्याएको बताएका छन् । नेपालमा दुई तिहाईको बलियो सरकार भएको बेला आन्तरिक राजनीतिक दबाबका कारण मात्र सरकार पछि हट्नु परेको कुरामा भारतले विश्वास गर्न नसकेको बताएको छ ।

संविधान जारी गर्ने समयमा मधेशमा भएको असन्तुष्टि तथा विरोध आन्दोलन र त्यसमा भारतको मौन सहमतिपछि काठमाडौँ र दिल्लीबीच चिसिएको सम्बन्ध पछिल्लो समय तीब्र गतिमा सुधार हुँदै गरेको अवस्थामा यो घटना भएको हो ।

नाम उल्लेख गर्न नचाहने नेपालका लागि एक पूर्व भारतीय राजदुतले भनेका छन्, “यसले कुनै क्षति निम्त्याउने छैन । तर कुटनीतिमा विश्वासको कमी विस्तारै निर्माण हुन्छ । केही दिनभित्र भएका घटनाहरुलाई मात्रै हेर्नुस् त । एकातर्फ नेपालले चीनसँग थप प्रोटोकलमा हस्ताक्षर गरेर चीनको बन्दरगाहहरुसम्म पहुँच पायो । अर्को तर्फ भारतमै हुन लागेको सैन्य अभ्यासमा सहभागी हुन अस्वीकार ग¥यो । यो राम्रो संकेत होइन ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com