अब फागुन ३ गतेबाट स्वस्तिमाले ट्याम्पु चलाउने निधो गरिन
प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

स्वस्तिमा खड्को मुख्य भूमिका रहेको चलचित्र बुलबुल’ मुलुकभर आउँदो फागुन ३ गतेबाट प्रदर्शनको तयारी भईरहेको छ ।यस चलचित्र बुलबुल’लाई विनोद पौडेलले निर्देशन गरेका छन् । उक्त चलचित्र कुटुमा कुट गर्ल स्वस्तिमालाई महिला टेम्पो चालक बनाएर कथा तयार पारिएको चलचित्र बुलबुलका निर्देशक पौडेलले जानकारी दिए ।
बुलबुलमा रजिना रिमाल र निर्देशक निश्चल बस्नेतको आवाज छ ।चलचित्रमा लक्ष्मी बर्देवा, बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे लगायतका कलाकारहरुको पनि मुख्य भुमिका छ ।