न्युयोर्कमा दुई दिने आदिबासी चलचित्र महोत्सव, निफ्फ अवार्ड तयारी पूरा


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

– तिलक गुर्मछान

नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८ को सम्पुर्ण तयारी पूरा भएको नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाले जनाएको छ ।
नेपालमा रहेका विभिन्न आदिबासी जनजाती समुदायमा आधारित चलचित्रहरुको दुई दिने महोत्सव सेप्टेम्बर १५ र १६ न्युयोर्क क्वीन्सको गुल्सन टेर्रासमा आयोजना हुदैछ ।

आइतबार न्युयोर्कमा महासंघले पत्रकार सम्मेलन गरि प्रतिस्पर्धामा रहेका चलचित्र हरुको छनौट तथा ब्यबस्थापकीय सम्पुर्ण कार्यक्रमहरुको अन्तिम तयारी पूरा भएको जनाएको हो ।
महोत्सवका लागि ४६ वटा पुर्ण तथा छोटा चलचित्र एबम डकुमेन्ट्री दर्ता भएको थियो ।

यसमध्य २४ वटा चलचित्रहरु प्रतिस्पर्धा गर्दै अमेरिका आइपुगेको थियो । दुई दिने महोत्सवका लागि गुरुङ्बाट भेडी गोठालो, तामाङबाट सेमकी तम, नेवारबाट स्वयनगु, मगरबाट रैया, राइबाट यारी, शेर्पाबाट टिन्छेन फमा, लिम्बुबाट साम, मनाङबाट मनाङ्गे नानी र याक्खाबाट ओम्ला छानिएका छन् । यसै गरि, महोत्सवमा ३ सर्ट फिल्म र दुई वटा डकुमेन्ट्री प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निफ्फ अवार्डका लागि यो वर्ष उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, निर्देशक, संगित, सिनेम्याटोग्राफर, कथा, दर्शक छनौटलगायत १२ वटा बिधाहरु समावेश छन् । उत्कृष्ट चलचित्रका लागि एक लाख २५ हजार, उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्रीका लागि ३१/३१ हजार रुपैया नगद पुरस्कार राशीको घोषणा गरिएको छ ।

महोत्सव तथा निफ्फ अवार्ड २०१८ मा प्रदर्शन हुने चलचित्र मध्य उत्कृष्ट छनौटका लागि संचारकर्मी तथा कलाकार शैलेश श्रेस्ठको संयोजकत्वमा पाँच सदस्यीय निर्णायक समिती गठन गरिएको छ । यसैगरी, सर्ट फिल्म र डकुमेन्ट्री छनौट गर्न फिप्नाको सभामुख बिनोद पोमोको संयोजकत्वमा छुट्टा छुट्टै समिति गठन भएको आदिवासी जनजाती चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८ का संयोजक राजकुमार बिष्टले बताउनु भयो ।

पत्रकार सम्मेलनमा फिपनाको अध्यक्ष मानबहादुर राना मगरले निफ्फ अवार्डलाइ अन्तरास्ट्रिय अवार्डको अवधारणामा लैजाने प्रतिबद्दता जनाउनु भएको थियो ।
नेपालको आदिवासी जनजातिहरुको भाषा, संस्कृतिहरुको संरक्षण, संवर्द्दन तथा आदिबासी चलचित्रकर्मीहरुलाई सहयोग र प्रोत्साहनस्वरुप नेपाल आदिबासी जनजाती महासंघ, अमेरिका (फिपना) ले २०१७ देखि महोत्सव तथा निफ्फ अवार्ड वितरणको सुरुवात गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com