मादलको तालमा गाउँदै ह्युस्टनमा भब्य तीज


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

– सागर अर्याल

अमेरिकाको टेक्सास ह्युस्टनमा भब्य तीज कार्यक्रम गरिएको छ । गुल्मी समाज ह्युस्टनको आयोजनामा तीज कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मौलिक रुपमा मादलको तालमा आफैले गाएर तीजमा नाच्दा गाउँघरकै झल्को मिलेको थियो ।

स्थापनाकालदेखि नै बिभिन्न सृजनात्मक तथा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको गुल्मी समाज ह्युस्टनले विगत बर्षहरुमा जस्तै यो बर्ष पनि तीजको कार्यक्रम गरेको हो । कार्यक्रममा ह्युस्टनबासी नेपालीहरुको भब्य उपस्थीति रहेको थियो ।

कार्यक्रम प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी दुईभागमा विभाजन गरिएको थियो । इलिमेन्ट्री लेबल र मिडिल हाइ स्कुल लेबल गरी प्रतियोगिता गराइएको थियो । इलिमेन्ट्री लेबलमा युनिसा अर्याल प्रथम, सदिक्षा रिमाल र स्तुति ज्ञवाली दोश्रो र दृष्टी शर्मा तेश्रो भएका थिए ।

मिडिल स्कुल अन्तर्गत कृति सापकोटा प्रथ, सिम्रन खरेल र अस्मिता घिमिरे दोश्रो र अनिशा पोख्रेल तेश्रो भएका थिए । समाजका अध्यक्ष भिष्म मरासिनीबाट पुरस्कार बितरण गरी कार्यक्रम समापन भएको थियो ।

थप तस्वीर

भिडियो हेर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com