संशोधन विधेयक दर्ता विरुद्ध विरोध प्रदर्शन, यातायात ठप्प


प्रकाशित मिति : मंसिर १५, २०७३ बुधबार

५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ ।

विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्।

केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका दलका कार्यकर्तासमेत प्रदेशमा विरोधमा उत्रिएका छन् । चक्काजामका कारण पूर्व(पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् ।

screen-shot-2016-11-30-at-10-46-33-am

सडकमा नाराजुलुस सहित टायर बालिएका छन् । स्वतस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल-पहाड-तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् ।

प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

screen-shot-2016-11-30-at-10-46-17-am

५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्र्याउन सक्ने उनीहरुको चेतावनी छ ।

बुटवलसँगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ।

screen-shot-2016-11-30-at-10-46-10-am

तस्विर : ट्वीटर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com