म्यानरमा ब्राण्ड एम्बेसडर छनौटमा दिक्पाल दोश्रो, पहिलो बनाउन फेसबुकमा लाइक गर्न सकिने


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

मिस्टर मोडल अफ द वल्र्ड २०१८ मा भाग लिन नेपाली मोडल दिक्पाल कार्की अहिले म्यानमारमा छन् । स्थानीय समय अनुशार सेप्टेम्बर ५ बेलुका ६ बजे हुने अन्तिम प्रतिस्पर्धामा सहभागी हुनु अगाडि दिक्पाल नेपालको प्रतिनिधित्व गर्दै विभिन्न प्रतिस्पर्धा र अभ्यासमा व्यस्त छन् । प्रतिस्पर्धामा भाग लिन दिक्पाल यसै साता नेपालको झण्डा बोकेर म्यानमार गएका थिए । उनी त्यहाँ नेपालको नक्सालाई टाउकोमा बोकेर र्याम्पमा समेत उत्रिएका थिए ।

यसैबीच म्यानमारमा चान लोनले ब्राण्ड एम्बेसडर छनौटका लागि सुरु गरेको फेसबुक भोटिंगमा दिक्पाल दोश्रो नम्बरमा परेका छन् । उनलाई पहिलो नम्बरमा पुर्याउनका लागि उनको तस्वीर लाइक गरेर भोट हाल्न सक्नुहुनेछ । साथै उनको तस्वीर शेयर गर्न पनि सक्नुहुनेछ ।

दिक्पाललाई भोट गर्न तलको फोटो लाइक र शेयर गर्नुहोला ।

 

दिक्पालले थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको हो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् । दिक्पालले
मिस्टर मोडल अफ द वल्र्डमा दिपा मल्ल ठकुरी, मिनल अग्रवाल, विनिता भट्ट, मञ्जु बञ्जारा ढकाल, मनिष राई र हिसी टेलर्सका डिजाइनहरु लगाउने भएका छन् ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

दिक्पाललाई भोट गर्न तलको फोटो लाइक र शेयर गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com