रहस्यमय बन्दै पूर्वराजदूत हत्या


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन ।

गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा । घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।

दुई सातासम्म प्रहरी अनुसन्धान झाको घरमा काम गर्ने तीन कामदारमाथि नै घुमेको छ । झाको घरमा काभ्रे स्थायी घर भएका ४८ वर्षिय कान्छाराम तामाङ घरेलु कामदारका रुपमा कार्यरत थिए । बेलुका सुरक्षागार्डको काम पनि उनले नै गर्दथे ।

गेट नजिकैको टहरोमा सुत्दथे । प्रहरीको सबैभन्दा ठूलो आशंका उनैमाथि छ । त्यस्तै सो घरमा हरेक दिन बिहान मालीका रुपमा काम गर्ने ५३ वर्षिय आइतेसिंह तामाङ र गोरखाका ५६ वर्षिय जयबहादुर गुरुङलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com