‘न्यु चेली’ अब अमेरिकामा पनि, चाहेकै डिजाइनमा घरघरमै डेलिभरी


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

ललितपुरको कुपण्डोलमा रहेको न्यु चेली बुटिकले अब अमेरिकामा पनि आफ्नो व्यवसाय विस्तार गरेको छ । अमेरिकामा रहनेहरुले अब न्यु चेलीका उत्पादनहरु घरघरमा नै डेलिभरी पाउने भएका छन् ।

अमेरिकाको न्युयोर्कमा विधिवतरुपमा दर्ता भई न्यु चेली बुटिकले अमेरिकामा समेत ग्राहक सेवा सुरु गरेको न्यु चेली बुटिककी संचालक अनुस्का भट्टले जानकारी दिनुभयो । न्यु चेली बुटिकको वेवसाइट वा फेसबुक पेजमार्फत अमेरिकामा रहेकाहरुले पनि आफूलाई मन परेको उत्पादन अनलाइनमार्फत अर्डर गर्न सक्ने भएका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युचेलीको वेवसाइट हेर्न यहाँ क्लिक गर्नुहोला ।

साथै फोन, फेसबुक वा वेवसाइटमार्फत न्यु चेली बुटिकमा सम्पर्क गरेर आफूले चाहे अनुशारको डिजाइन समेत अर्डर गर्न सक्ने भट्टले जानकारी दिनुभयो । न्युचेली बुटिकले तीज लगायतका चाडपर्वको अवशरमा विशेष अफर र छुट समेत ल्याएको छ । सारी, लेहेंगा, कुर्ता लगायतका पोशाकहरु आकर्षक डिजाइनमा विशेष छुटका साथ उपलब्ध गराइएको छ ।

खासगरी अमेरिकामा रहेका नेपालीहरुलाई लक्ष्यीत गरेर व्यवसाय विस्तार गरिएको भट्टले जानकारी दिनुभयो । झण्डै १० बर्ष अमेरिकामा नै बसेर काम गर्नुभएकी अनुस्का भट्टले अब अमेरिकामा रहेका नेपालीहरुले आफ्नो मौलिकता र आफूले चाहेको डिजाइनमा सुपथ मुल्यमा पोशाकहरु प्राप्त गर्नसक्ने बताउनुभएको छ ।

फेसबुक पेजमार्फत पनि न्यु चेलीमा सम्पर्क गर्न सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोला ।

अनुस्काले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो – ‘दिदी बहिनीले आफ्नो चाहाना अनुसार दिनुभएको डिजाइन वा हाम्रो डिजाइन दुबैमा ड्रेस तयार हुन्छ । अनलाईन माफर्त अर्डर गर्नुहुनेहरुका लागि पनि उहाँहरुको चाहाना अनुसार ड्रेसहरु तयार भैरहेका छन् ।’

‘विदेशमा रहेका दिदी बहिनीहरुसँग कामको कारण समय पनि हुदैन । भाइवरमा फोटो सेन्ट गरेर त्यही अनुसार ड्रेस तयार गरिदिन्छौ । कतिले आफ्नो डिजाईन पठाउनुहुन्छ । त्यही अनुसार पठाउछौ । उहाँहरु खुशी नै हुनुहुन्छ ।’ –  अनुस्का भट्टले भन्नुभयो ।

अनुस्का भट्टसँगको विस्तृत कुराकानी खसोखासको आगामी अंकमा प्रकाशित हुनेछ ।

011-977-9869054203 नम्बरमार्फत भाइबर वा प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com