कंचनपुरबाट बाहिरियो पहिलोपटक सनसनीपूर्ण भिडियो : प्रहरीले नै यसरि प्रमाण नष्ट गरेको रहेछ हेर्नुहोस यो भिडियोमा


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

निर्मलाको शव फेला परेपछि प्रहरीले नै उनले लगाएको सुरुवाल पानीमा पखालेर प्रमाण नष्ट गरेको खुलासा भएको छ। एकएक प्रमाण नष्ट हुन नदिन चनाखो हुनुपर्ने प्रहरीले नै वीर्य, रगतलगायतका सुरुवालमा फेला पर्न सक्ने प्रमाण पखालेर नष्ट गर्नुले गम्भीर रहस्य देखिएको छ।

‘भान्जीको एक खुट्टामा मात्र लत्रिरहेको अवस्थामा सुरुवाल थियो, प्रहरी टोलीकै अगाडि एक महिला प्रहरीले निकालेर उखुबारीमा जमेको पानीमा चोप्दै धोएकी थिइन्’, प्रत्यक्षदर्शी निर्मलाका मामा केशव भण्डारीले भने, प्रहरीले नै प्रमाण नष्ट गर्न सुरुवाल निकालेर पखालेको हो।’ नागरिक न्युजमा खबर छ ।’

घुँडासम्म डुब्ने पानी रहेको ठाउँमा घोप्टो अवस्थामा निर्मलाको शव फेला परेको उनले बताए। उनले भने, ‘एउटा खुट्टाबाट निकालेर अर्को पैतालाको भाग लत्रिरहेको अवस्थामा सुरुवाल थियो।

प्रहरी अधिकारी, इन्सपेक्टरसहितको टोलीअघि ती महिला प्रहरीले सुरुवाल झिकेर तीन पटक पानीमा पखालेको उनले बताए। सुरुवाल पखालेपछि निर्मलाको गुप्तांग ढाकेको उनले बताए । ‘महिला प्रहरीले मेरै आँखाअगाडि सुरुवाल झिकेर पखालेको भिडियो मोबाइलमा खिचेको छुँ,’ उनले भने, ‘मेरो मोबाइलमा त्यो भिडियो सुरक्षित छ।’

घटना स्थलमा गएका मोतीकुमार नेपाल प्रहरीले निर्मलाको सुरुवाल आफ्नै आँखाअगाडि धोएको बताउँछन्। ‘हामी तीन–चारजना स्थानीय र प्रहरीको टोली उखुबारीमा खोज्न गयौं । शव फेला परेपछि घोप्ट्याएको अवस्थाबाट शव उत्तानो पारेर सादा पोसाकमा रहेकी एक महिला प्रहरीले सुरुवाल निकालेर पखालेकी हुन्’, उनले भने, ‘प्रहरीले दोषी बचाउन सुरुदेखि प्रमाण नष्ट गर्दै आएको थियो।’

कानुन व्यवसायी गम्भीर ऐर घटनास्थल संरक्षण गर्नु प्रहरीको दायित्व रहेको बताउँछन्। ‘प्रमाणको स्वरूप बिग्रनु हुँदैन । प्रहरीले नै शवको सुरुवाल पखाल्नुले प्रमाण नष्ट गर्न खोजेको प्रस्ट हुन्छ,’ उनी भन्छन्। सबभन्दा पहिले घटनास्थल सुरक्षित राख्ने सबै प्रहरीलाई तालिम दिइएको प्रहरी अधिकारी बताउँछन्। ‘प्रहरीको सबैभन्दा पहिले घटनास्थल सुरक्षित राख्ने ड्युटी हो’, प्रदेश ७ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीले भने। एक साताअघि मात्र यहाँ आएकाले कञ्चनपुर घटनाबारे भने आफूलाई जानकारी नभएको उनको भनाइ छ।

बलत्कार गर्ने व्यक्तिको वीर्यलगायतको धेरै प्रमाण फेला पर्ने सुरुवाल प्रहरी टोलीकै अगाडि महिला प्रहरीले पखालेको कुराले थप रहस्यमय बनाएको स्थानीय बताउँछन् । ‘लासको सुरुवाल पखालिनुले बालिका हत्या गर्ने दोषीलाई बचाउने खेल सुरुदेखि नै भएको स्पष्ट भएको छ,’ स्थानीय रतन ओझा भन्छन्।

‘घटनास्थलमा कोहीलाई जान नदिने, कोही नजान सकून् भनेर डोरी हाल्ने, कसैलाई घटनास्थलमा रहेका वस्तु छुन नदिने जस्ता कुरा गरेर प्रहरीले प्रमाण बचाउने प्रयन्त गर्नुपर्छ,’ नाम नखुलाउने सर्तमा एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीले नै लासको सुरुवाल निकालेर धोएको हो भने आश्चर्यजनक हो।’ पूर्वप्रहरी नायब महानिरीक्षक शरद चन्द चिसो पानीले पखालेमा रगतलगायतका प्रमाण नष्ट हुने बताउँछन्।

रोशनी बम र बबिता बम दिदीबहिनीदेखि शव फेला परेको ठाउँसम्म साउन १० गते कति जना हिँडेका थिए ? त्यो ठाउँमा कोको आएका थिए।

https://youtu.be/L1D788FGQ8U

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com