बोलेर योगसाधक अनन्तराम केसीको गिनिजबुकमा रेकर्ड


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

नेपालका योगसाधक अनन्तराम केसीले विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले लगातार ९० घण्टा २ मिनेटसम्म बोलेर शुक्रबार विहान २ बजे गिजिन वल्र्ड रेकर्डबाट आफ्नो कीर्तिमानको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

भदौ ११ गते सोमबार विहान ६ बजेबाट सुरु भएको केसीको प्रवचन बिहिबार राति १२ बजे ९० घण्टा २ मिनेटमा समाप्त भएको थियो । उहाँको कीर्तिमानलाई गिनिज वल्र्ड रेकर्डका प्रतिनिधिले स्थलगत प्रमाणिकरण गरेका थिए ।

न्यू माइण्डस एकेडेमीको आयोजनामा सम्पन्न विश्व कीर्तिमान अभियान जोरपाटीस्थित इस्ट पोल स्कूलको सभाहलमा सुरु भएको थियो ।

यसअघि लगातार सबैभन्दा बढी समयसम्म अहिलेसम्मको कीर्तिमान भारतको केरलाका केपी भाल साराजानको नाममा थियो । उनले ८१ घण्टा १६ मिटेको कीर्तिमान छ ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोल्नुभएको थियो । त्यसबेला प्राविधिक कारणले प्रमाणीकरण हुन नसकेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको थियो ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com