चिकित्सकले एकमुष्ट लाइसेन्स बुझाउने


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

काठमाडौं। चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधनन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए ।

भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् ।

उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com