फेसबुकमा अब ‘भिडियो सर्भिस स्ट्रीमिङ’


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

फेसबुकले वाच भिडियो सर्भिस स्ट्रीमिङ ल्याउदैछ । अमेरिकामा स्ट्रीमिङ सर्भिस १ वर्षदेखि सञ्चालन भइरहेको छ । स्ट्रीमिङ सेवा सञ्चालनमा आएपछि फेसबुक प्रयोगकर्ताले आफूलाई मनपर्ने सेवा छानीछानी प्रयोग गर्न मिल्छ । ।

स्ट्रीमिङबाट ठूला ब्रान्ड र नयाँ खेल सजिलै चलाउन सकिन्छ । यसबाहेक न्यूज फिडमा राखिएका समाग्रीहरु सजिलै हेर्न र प्रयोग गर्न सकिन्छ । दर्शकले जुन भिडियोलाई सबैभन्दा बढी हेर्छन् त्यही भिडियोलाई विज्ञापन प्राप्त हुनेछ । स्ट्रीमिङ प्रयोगबाट अहिलेसम्म एकजनाले मात्र फाइदा लिएको फेसबुकले जनाएको छ ।

शुरुमा बेलायत, अमेरिका, आएरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमा देखाउने भिडियोमा यस्तो सेवा रहने छ । यसबाट हुने फाइदालाई फेसबुक र भिडियो निर्मातालाई बाडिने छ । फेसबुकले ४५ प्रतिशत रकम प्राप्त गर्नेछ भने निर्माताले ५५ प्रतिशत रकम प्राप्त गर्ने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com