अच्युत सिग्देलको गीति एल्बम आबृत्तिको गीत ‘टोलाएर हेरिरहें ओझेल पर्दासम्म’ सार्वजनिक


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

न्युयोर्क निवासी अच्युत सिग्देलको पहिलो गीति एल्बम आबृत्तिको गीत ‘टोलाएर हेरिरहें ओझेल पर्दासम्म’ सार्वजनिक भएको छ । अच्युत सिग्देलको शब्द रचना, हरि लम्सालको स्वर र संगीत रहेको उक्त गीतको लिरिकल भिडियो युट्युबमार्फत रिलिज गरिएको छ ।

बजारमा आउँदै गरेको नयाँ एल्बम आबृत्तिमा ७ वटा गीतहरु समेटिएको छ भने सबै गीतहरु सिग्देलले लेखेका छन् ।

नारायण सुवेदीको संगित रहने एल्बममा मेलिना राई, शिव परियार, सुरज थापा, नारायण सुवेदी, हरि लम्साल,रन्जु शर्माको स्वर रहनेछ । पहिलो एल्बमका लागि आफू निकै उत्साहित भएको सिग्देलले बताए ।

एल्बमका प्राय आधुनिक गीतहरु रहेपनि नृत्य गर्न मिल्ने पार्टी गीत पनि एल्बममा रहने सिग्देलले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com