अमेरिकामा पनि आउने भयो ‘लम्फू’


प्रकाशित मिति : भाद्र ११, २०७५ सोमबार

नेपाल प्रदर्शनमा दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेको फिल्म ‘लम्फू’ ले अब विदेश प्रदर्शनको थालनी गरेको छ । आइतवार यो फिल्मको अमेरिकामा च्यारिटी शो हुँदैछ ।

हाल अमेरिकामा रहेका फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले पर्वत मोदी काली समाज अमेरिकाको सहयोगार्थ च्यारिटी शो हुन लागेको जानकारी दिए । च्यारिटी शोको बन्दोबस्त समाजका अध्यक्ष रुद्र गुरुङ, सस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ र महासचिव रमेश सुबेदीले मिलाएका हुन् ।

बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा साँझ ७ बजे ‘लम्फू’ को च्यारिटी हुन लागेको हो । फिल्मका लागि टिकट मूल्य अमेरिकी १५ डलर राखिएको छ । यो फिल्म पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारीलगायतको अभिनय रहेको छ ।

यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यो फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com