नेपाली सुरक्षाकर्मी: विदेशमा अब्बल स्वदेशमा निर्बल !


प्रकाशित मिति : भाद्र ११, २०७५ सोमबार

नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् ।

गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो ।

तर नेपालमा आयोजना हुने कतिपय अन्तर्राष्ट्रियस्तरका सभा÷सम्मेलन र उच्चस्तरीय जमघटमा नेपाली सुरक्षाकर्मीलाई विश्वास नगरेका उदाहरण पनि दोहोरिन थालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल भ्रमणका क्रममा आफ्नै मुलुकबाट सुरक्षाकर्मी र सवारी ल्याउने परम्पराजस्तै बन्न थालेको छ ।

आसन्न बिमस्टेक सम्मेलन होस् या ४ वर्षअघिको सार्क सम्मेलन अनि त्यस अघिपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भारतले आफ्ना मुलुकका सुरक्षाकर्मीको टुकडी नै खटाउने गर्छ । यही साता शुरु हुने बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै गत शुक्रबार भारतबाट दर्जन हाराहारीमा ‘स्पेसल ब्लाक कमान्डो फोर्स’ काठमाडौं आएर सुरक्षा अनुगमन (रेकी) शुरु गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावासमा रहेको यो फोर्सले आफ्नै शैली र नेपाली सुरक्षा निकायसँगको समन्वयमा पनि रेकी शुरु गरेको नेपाल प्रहरी स्रोतले जानकारी दियो, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com