नेपालमा पहिलो पटक स्काइ वाक टावर निर्माण गरिने


प्रकाशित मिति : भाद्र १०, २०७५ आईतबार

काठमाडौँ । नेपालमा पहिलो पटक स्काइ वाक टावर(आकास मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ ।

वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले आज (शनिबार)गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
काठमाडौँको कमलादीमा झण्डै रु दुई करोडको लगानीमा आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसका लागि १३.२ रोपनी जग्गा भाडामा लिइसकेको सो संस्थाले जनाएको छ ।

दुईवटा अग्ला पहाड वा भवनलाई सिसाको माध्यमबाट जोडने पुललाई स्काइ वाक टावर भनिन्छ । यो पुल सिसाबाट बनाइएको हुन्छ र यसमा मानिस हिँड्डा निक्कै आनन्दको अनुभूति हुन्छ ।

वण्डर नेपाल प्राइभेट लिमिटेडका अध्यक्ष आकर्षण पोखरेलले चीन, क्यानाडा, अमेरिका जस्ता मुलुकमा रहेको यस्तो स्काइ वाक टावर नेपालमा पहिलो पटक निर्माण गर्ने प्रयास गरेको बताउनुभयो । यसबाट पर्यटकको आकर्षण बढ्ने उहाँको भनाइ छ ।

उहाँले बितेको तीन वर्षदेखि नेपालको विभिन्न १० ठाउँमा स्काइ वाकको निर्माण तथा सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com