कञ्चनपुरमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु,स्थिति तनावपूर्ण


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा १७ बर्षिय चेतन भट्ट र १४ बर्षिय शनी खुना रहेका छन् ।

भीमदत्तनगर नगरपालिका २ की १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा शुक्रवार साँझ दुई जनाको ज्यान गएको हो ।

प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन् । जसमध्ये ३ जना अवस्था गम्भीर छ । घाइतेहरुलाई महाकाली अञ्चल अस्पतालमा लगिएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com