लक्ष्मी खरेलको स्वरमा अशिस्माले मर्काइन् कम्मर ! ( भिडियो )


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

अमेरिकाको क्यालिफोर्निया निवासी लक्ष्मी खरेल थापाको स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीजकै भाखामा तयार पारिएको गीत बिमला अधिकारी देवकोटाले लेखेकी हुन भने नरेन्द्र प्यासीले संगीत भरेका हुन् ।

क्यालिफोर्नियाको बे एरियामा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोलाई नेपाली चलचित्रका परीचित निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् भने नृत्यको जिम्मा रीमा रे ले सम्हालेकी छिन् । सुरेशकै प्रोडक्सन हाउस मायाले प्रस्तुत गरेको यस भिडियोमा नेपाली चलचित्रकी चर्चित अभिनेत्री अशिस्मा  नकर्मीले मोडलिङ गरेकी छिन् ।

बे एरियामा नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ सन्चालित धार्मिक महोत्सवको अवसरमा बाचन प्रविण पन्डित दीनबन्धु पोखरेलले यस गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो ।

सम्पूर्ण रुपमा बे एरियामा नै निर्माण गरिएको यस गीत र भिडियोले हरितालिका तीजमा देश बिदेशमा छरिएर रहेका नेपाली महिलाहरुलाई नचाउनेमा गायिका खरेल विस्वस्त देखिन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com