अगस्त १९ मा मिस नेपाल युएसए छानिने, प्रतिष्पर्धीहरु प्रशिक्षणमा व्यस्त


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

मिस नेपाल युएसए २०१८ को उपाधि यात्राका लागि अन्तिम प्रतिष्पर्धामा रहेका १८ जना प्रतिष्पर्धी प्रशिक्षणमा जुटेका छन् । अगस्त १९ मा र्‍याम्पमा उत्रनुअघि आफ्नो क्षमता अभिवृद्दिका लागि प्रतियोगितामा सहभागी भएकाहले पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठवाट विभिन्न विद्यामा प्रशिक्षण लिइरहेका छन् ।

अीन्तम प्रतिष्पर्धाका लागि अदिति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई छानिएका हुन् । उनीहरुको आइतवार परिचयात्मक कार्यक्रम समेत गरिएको थियो । सो अवसरमा सहभागि प्रतिष्पर्धीहरुले मिस नेपाल युएसएमा आफ्नो सहभागितालाई अवसरको निर्माणको आधार भएको बताए ।

उनीहरुले यस्ता प्रतियोगितामा सहभागिताले संजाल निर्माणमा सघाउ पुग्नेमा जोड दिदैं भविष्यमा नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति काम गर्ने सोंच रहेको सुनाए । उनीहरुले नेपालका ग्रामिणको महिलाको स्वास्थ्य सेवामा टेवा पुऱ्याउने योजना देखि सडक बालबालिकालाई विद्यालयसम्म पुऱ्याउने मार्ग खोज्न पहल गर्ने सम्ममा योजना बुनेको जनाए । नेपालमा मात्र होइन अमेरिकामा रहने नेपाली विद्यार्थी देखि आमा बुवाहरुले भोग्नुपरिरहेको समस्यालाई समाधान गर्न केही कार्यक्रमहरु गर्न सकिने र त्यसका लागि आफुहरुले समेत केही योगदान पुऱ्याउन सक्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इभेन्ट प्लानेट इंकले इ प्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले जनाएको छ । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ ।

यो प्रतियोगितामा मिस नेपालयुएसएको उपाधिका साथैं फस्ट रनर अप र सेकेण्ड रनर अप समेत घोषित गरिनेछ भने मिस पब्लिक च्वाइस, मिस कल्चर, मिस पर्सनालिटि, मिस क्याटवाक, मिस ट्यालेन्ट,मिस फोटोजेनिक, मिस डिसिपिलिन, मिस एकेडेमिक एक्सिलेन्स, मिस सोसल एक्सिलेन्स र मिस नेपाल टेक्सस विधामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यसैबीच, यस मिस नेपाल युएसको यात्राले सामाजिक सहकार्यमा समेत हात अघि बढाएको छ । नेपालको सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेको नेपालका लागि पूर्व अमेरिकी राजदुत स्कट एच डेलिसीले नेतृत्व गरेको र्सोर्वे फाउण्डेशनसग सहकार्य गरेको छ भने यस प्रतियोगितामा मिस पब्लिक च्वाइस बन्ने फाउण्डेशनको सद्भावना दुत समेत बन्नेछिन् । भोट मार्फत यो विधाको विजेता छान्न लागिएको छ । भोटका क्रममा भोट दिनेवाट उठ्ने रकमवाट यस प्रयोजनका लागि खर्च हुन आउने रकम कट्टा गरी बचेको रकम फाउण्डेशनलाई उपलब्ध गराइने बताइएको छ । यस्तैं, अगस्त १९ मा हुने मिस नेपाल युएसको मुख्य कार्यक्रमका दौरान विक्रि हुने हरेक टिकटवाट प्रति टिकट १ डलर नेपाली समाज टेक्ससलाई उपलब्ध गराउने आयोजक मध्येका एक प्याट्रिक सुवेदीले जनाएका छन् ।

पछिल्ला पाँचौं संस्करणहरुमा पहिलोमा डिसीकी सुजिता वस्नेत, दोस्रोमा भर्जिनियाकी आस्था श्रेष्ठ, तेस्रोमा न्यूयोर्ककी वर्तिका राई, चौथोमा ओहायोकी खुश्वु मिश्र र पाँचौंमा नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले ताज जितेका थिए ।

यसैबीच, मिस नेपाल युएसका संस्थापक अध्यक्ष अमित शाहले मिस नेपाल युएस सौन्दर्य प्रतियोगिता नभई अमेरिकामा वस्ने नेपाली मुलका युवतीहरुको क्षमता अभिवृद्दिका लागि प्लाटफार्म भएको बताए । अन्तिम प्रतिष्पर्धामा रहेका सहभागिहरुलाई स्वागत गर्दै उनले मिस नेपाल युएसमा सहभागिता समाजमा केही गर्नका लागि एउटा यात्रा भएको बताउदैं यो कार्यक्रमलाई समुदायको साथमा निरन्तर अघि बढाइएको जनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com