प्रस्तावित नागरिकता ऐन संसोधन विधेयकमा परिमार्जन गर्न प्रवासी नेपाली मञ्च अमेरिकाको सुझाव


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

प्रवासी नेपाली मञ्च अमेरिकाले प्रस्तावित नागरिकता ऐन संसोधन विधेयकमा गैरआवासीय नेपाली नागरिकताबारेका केही प्रावधानहरु संसोधन गर्न सुझाव दिएको छ । मञ्चका अध्यक्ष प्रभु थापाले वक्तब्य जारी गर्दै विभिन्न ५ बुँदे सुझाव दिनुभएको हो ।

अहिले आएको विधेयकमा राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने भन्ने छ तर संविधानमा भने राजनैतिक अधिकार बाहेक भन्ने शब्द नभएको वक्तब्यमार्फत ध्यानाकर्षण गराइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावित विधयक अनुसार गैरआवासीय नेपालीहरुले नेपाल आउँदा वा नेपालबाट विदेश जाँदा कुनै भिसा लिईरहनु नपर्ने प्रष्ट व्यवस्था हुनु पर्ने समेत वक्तब्यमा उल्लेख छ । गैर आवासीय नागरिकता पाउन गृह मन्त्रालयमा निवेदन दिने भन्ने प्रस्तावित व्यवस्था भन्दा सम्वन्धित देशमा रहेको नेपाली राजदुतवास वा नियोग वा जिल्ला प्रशासन कार्यालयहरुबाट नै प्राप्त हुने व्यवस्था हुुनुपर्ने माग गरिएको छ ।

‘एनआरएन नागरिकताका लागि पूरानो नागरिकता त्यागेको प्रमाण माग्नु अनुचित’

गैरआवासीय नेपाली नागरिकका विदेशी पति पत्नीको बारेमा पनि प्रस्तावित ऐन मौन रहेको तथा यसको बारेमा न्यायोचित ढंगको व्यवस्था हुनुपर्ने र कमसेकम उनीहरुको निम्ती आउने जाने सहजता हुनुपर्ने माग गरिएको छ ।

गैर आवासीय नेपालीहरुले राजनीतिक वाहेकका अधिकारहरु पाउने भनिएको छ तर त्यस्तो अधिकार के हुन र त्यसको प्रयोग कसरी हुने भन्ने पनि प्रष्ट भएर आउनु पर्ने वक्तब्यमा जनाइएको छ ।

उल्लेखित बुँदाहरु प्रति ध्यान दिनुका साथै भए रहेका अमिल्दो प्रावधानहरु हटाउनुका साथै यस विषयमा विदेशमा क्रियाशील रहेका जिम्मेवार संघ सँस्थाहरुसंग समेत छलफल गरेर ऐनलाइ टुङ्गो गर्न माननीय सांसदज्युहरु सहित सरकारलाइ समेत प्रवासी नेपाली मञ्च अमेरिकाका तर्फबट हार्दिक अनुरोध गरिएको छ ।

नागरिकता ऐन २०२० मा विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वत लोप हुने व्यवस्था

सबैको चाहना , निरन्तरको खवरदारी, सम्पूर्ण राजनीतिक दलहरुको सदासयता र वर्तमान लोकप्रिय सरकारको आफ्नो जनताहरु प्रतिको इमान्दारिता र गैरआवासीय नेपालीहरु प्रतिको अपनत्वले गैर आवासीय नेपाली नागरिकता सम्वन्धि संवैधानिक व्यवस्था ऐन बन्ने तहमा पुगेकोमा भने वक्तब्यमार्फत खुशी व्यक्त गरिएको छ । यसको निम्ती विदेशमा रहेका नेपालीहरु बधाईको भागिदार रहेको र वर्तमान सरकार धन्यवादको भागिदार रहेको जनाइएको छ ।

खास गरेर गैर आवासीय नागरिकता लिने विदेशी नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्ने प्रावधान नागरिकता त्यागेको प्रमाण विनानै नागरिकता दिने व्यवस्था रहेका अमेरिका, क्यानडा लगायतका मुलुकहरुको विद्यमान व्यवस्थासंग अमिल्दो रहेको भन्दै त्यसबारे ऐनमा सुधार ल्याउन समेत माग गरिएको छ । नेपालको पूरानो नागरिकता ऐन अनुशार पनि विदेशको नागरिकता लिएमा नेपालको नागरिकता स्वत लोप हुने प्रावधान रहेको थियो ।

नागरिकता ऐन २०६३ लाई संसोधन गर्न ल्याइएको विधयेकमा एनआरएन नागरिकताका लागि पेश गर्नुपर्ने प्रमाणको व्यवस्था

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com