‘एनआरएन नागरिकताका लागि पूरानो नागरिकता त्यागेको प्रमाण माग्नु अनुचित’


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

एनआरएनए आईसीसीमा दोहोरो नागरिकताको निरन्तरताबारेको टास्क फोर्सको कोचियर खगेन्द्र जीसीले नागरिकता ऐन संसोधन विधयेकमा एनआरएन नागरिकता पाउनका लागि पूरानो नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने प्रावधान राख्नु उचित नभएको बताउनुभएको छ । नेपाल सरकारका अवैतनिक एनआरएन सल्लाहकार समेत रहनुभएका जीसीले एनआरएन नागरिकता पाउनका लागि वंशजको आधारमा लिएको पूरानो नागरिकता त्यागेको प्रमाण पेश गर्ने प्रावधानले थप अन्यौल सृजना भएको बताउनुभएको छ ।

अमेरिका, बेलायत लगायतका मुलुकको नागरिकता लिंदा पहिलेको नागरिकता त्याग्नुपर्ने प्रावधान नरहेका कारण नेपालको नागरिकता औपचारिक रुपमा नत्यागी स्वत खारेज हुने गरेको अवस्थामा प्रमाण माग्ने अवस्था आउनुले एनआरएनलाई नेपालको नागरिकता दिनमा बाधा उत्पन्न हुनसक्ने जीसीले चिन्ता व्यक्त गर्नुभएको छ । प्रमाण पेश गर्ने प्रावधानलाई हटाएर एनआरएनहरुलाई सहज रुपमा एनआरएन नागरिकता प्रदान गर्ने व्यवस्था गर्न समेत उहाँले माग गर्नुभएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नागरिकता ऐन २०६३ लाई संसोधन गर्न ल्याइएको विधयेकमा एनआरएन नागरिकताका लागि पेश गर्नुपर्ने प्रमाणको व्यवस्था

नेपालको २०२० को नागरिकता ऐन अनुशार विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वत खारेज हुने प्रावधान रहेको थियो ।नागरिकता ऐन २०६३ पनि मा विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ । जीसीले भन्नुभयो – ‘नागरिकता ऐनमा नै विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वत लोप हुने व्यवस्था थियो । सोही प्रावधान अनुशार कैयन नेपालीहरुले विदेशको नागरिकता लिएका छन् । उनीहरुको नेपाली नागरिकता स्वत खारेज भएको छ । अब उनीहरुले नेपालको नागरिकता त्यागेको प्रमाण कहाँबाट ल्याउने ?’

नागरिकता ऐन २०२० मा विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वत लोप हुने व्यवस्था

नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा निवेदन दिनेव्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र पेश गर्नुपर्नेछ । यसरी निवेदन प्राप्त भए पछि मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिनेछ ।

नागरिकता ऐन २०६३ पनि मा विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता कायम नरहने भन्दै यस्तो व्यवस्था गरिएको छ ।

नेपालको पूरानो नागरिकता ऐन अनुशार नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था गरेको छ । जसअनुशार धेरै नेपालीले विदेशी नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वत खारेज हुने बुझाईका आधारमा औपचारिक रुपमा नेपालको नागरिकता त्यागेका छैनन् । तर संसोधन हुन लागेको ऐनमा नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने प्रावधानले प्रकृयालाई झन्झटिलो बनाउने बुझाई रहेको छ । त्यो भन्दा पूरानो नागरिकता ऐन २०२० मा नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता स्वतः लोप हुने व्यवस्था रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com