स्याङ्गजा समाजको तीजको दरखाने कार्यक्रम साथमा पुरुषोत्तम


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

स्याङ्गजा जिल्लाबाट अमेरिका आई बसोबास गरेकाहरु बिच शुभकामना आदानप्रदान गर्ने उदेश्यले तीजको दरखाने कार्यक्रम गरिने भएको छ ।

हालै गठन भएको समाजले हरितालिका तीजको अवसर पारेर न्यूयोर्क सनीसाईडस्थित बाजेको सेकुवामा आउँदो आइतवार १२ तारिखका दिन दरखाने कार्यक्रम आयोजना गर्न लागेको समाजले जानकारी दिएको छ ।

साथै समाजले वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेको बिशेष कार्यक्रम समेत आयोजना गर्न लागेको जनाइएको छ । उक्त अवसरमा न्यौपानेले आफ्नो प्रस्तुती राख्नेछन् ।

यस्तै गायिका मधुर गिरी र संगिता थापामगरको समेत सांगितिक प्रस्तुती रहने जनाइएको छ । तदर्थ समिति गठन भएपछिको पहिलो औपचारिक कार्यक्रम भएकाले स्याङ्गजा जिल्लाबाट अमेरिकामा बसोबास गर्नेहरुका बिच चिनजान तथा शुभकामनाका लागि समेत कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन समाजका श्याम गुरुङ्गले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com