न्युयोर्क सिटीमा यात्रुबाहक गाडी र ट्याक्सीबारेको नयाँ नियम के हो ?


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

न्युयोर्क सिटीले यात्रुबाहक गाडी र ट्याक्सीबारेको नयाँ नियम पारित गरेको छ । नयाँ नियम अनुशार अब उबर, लिफ्ट जस्ता एप्लिेकशनहरुले नयाँ गाडी थप्न पाउने छैनन् भने नयाँ निजी गाडीहरुलाई यात्रुबाहक गाडीको टीएलसी नम्बर प्लेट प्रदान गरिने छैन । अर्थात् अब निजी कारलाई ट्याक्सी एण्ड लिमोजिन कमिसनबाट लाइसेन्स लिएर यात्रुबाहक गाडीमा बदल्न पाइनेछैन ।

यदि तपाई भविश्यमा उबर वा लिफ्ट जस्ता एप्किेशन चलाएर यात्रु बोक्ने योजनामा हुनुहुन्छ भने अब तपाईले १ बर्षका लागि आफ्नो निजी गाडीलाई यात्रुबाहकमा बदलेर उबर वा लिफ्ट चलाउने लाइसेन्स प्राप्त गर्नुहुने छैन । तपाईको निजी गाडीलाई टीएलसी नम्बर प्लेट गाडीमा परिवर्तन गर्ने योजनामा हुनुहुन्छ भने पनि तपाईले अब एकबर्ष त्यसो गर्न पाउनुहुने छैन । तर पहिले नै टीएलसी नम्बरप्लेट पाइसकेका गाडीहरुका सन्दर्भमा भने नयाँ नियमले असर गर्नेछैन ।

नयाँ टीएलसी ड्राइभर लाइसेन्स लिन चाहनेहरुका लागि पनि नयाँ नियमले कुनै असर गर्नेछैन । उनीहरुले नियमित प्रकृयामार्फत नै आवेदन दिन र लाइसेन्स प्राप्त गर्न सक्नेछन् । उनीहरुले पहिले नै टीएलसी नम्बर प्लेट प्राप्त गरेर उबर वा लिफ्टबाट अनुमति पाइसकेका गाडीहरु भने चलाउन पाउनेछन् ।

त्यस्तै टीएलसी नम्बर प्लेटका लागि पहिले नै आवेदन दिइसकेका तर पाइनसकेकाहरुका सन्दर्भमा पनि नयाँ नियमले प्रभाव नपर्ने जनाइएको छ । पहिले नै आवेदन दिइसकेकाहरुले भने आफ्ना गाडीका लागि टीएलसी नम्बरप्लेट पाउनेछन् । तर नयाँ गाडीका सन्दर्भमा भने ह्वीलचियर एक्सेस भएका बाहेक अरुले टीएलसी नम्बरप्लेट पाउने छैनन् ।

उबर र लिफ्ट जस्ता एप्लिकेशनका कारण आफ्नो ब्यापार घटिरहेको सन्दर्भमा ट्याक्सी ड्राइभरहरुले भने नयाँ नियमलाई आफूहरुको जीतका रुपमा लिएका छन् । न्युयोर्क सिटीमा उबर र लिफ्ट जस्ता एप्लिेकशन प्रयोग गर्ने ड्राइभरको संख्या बढिरहेको सन्दर्भमा अब पहिले नै उबर र लिफ्ट प्रयोग गरिरहेकाहरु तथा ट्याक्सी चालकहरुलाई भने नयाँ नियमले फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com