मकाउ प्रहरीबाट पनि सम्मानित भए केसी, अपराध अनुसन्धान प्रमुखले पनि भेट्ने


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

डाकाको प्रतिकार गरेर महिलाको जिउ धन बचाएका राम बहादुर केसीलाई मकाउ प्रहरीले सम्मान गरेको छ ।

मकाउको राष्ट्रिय आपराधिक अनुसन्धान बिभाग प्रहरीद्दारा राम केसीलाई सम्मान गरिएको हो । साथै भोली बुधबार विभागका प्रमुखले पनि सम्मानका लागि बोलाएको बताइएको छ ।

महिलाको चित्कार सुनेर आफ्नो ज्यानको प्रबाह नगरी डाकासंग प्रतिकारमा उत्रेर स्थानिय बृद्द महिलाको ज्यान धनको सुरक्षा गरि, अपराधिलाई समेत पक्राऊन सफल मकाउ म्यानेजमेन्ट कम्पनीमा कार्यरत केसीलाई मकाउको राष्ट्रिय आपराधिक अनुसन्धान बिभागको प्रहरीहरू म्यानेजमेन्ट कम्पनीको होस्टेलमा आएर बिर गोर्खालीको बाहादुरी र बिरताको सम्मान गरेका हुन् ।

कम्पनी तथा बाहिरबाट राम बहादुरको हौसला बढाउनका लागि अति प्रसंसा स्याबासी बंधाईहरू आईरहेका छन् ।

आफु सख्त घाईते भएर पनि यस्ता अपराधी क्रियाकलापमा संलग्न ब्यक्तिलाई नछोड्ने केसीको बहादुरीप्रति मकाउ अपराधिक अनुसन्धान बिभागले खुशी व्यक्त गरेको छ । विभागले नेपाल र नेपालीको बहादुरीको प्र्रशंसा गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com