एक महिना अघि मृत्यु भएकी १६ वर्षीया किशोरी समिक्षालाई ज्युँदै जलाएर मार्ने आफ्नै बुबा र हजुर आमासहित फुपु थुनामा


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

एक महिना अघि जलेर मृत्यु भएकी रुपन्देही १६ वर्षीया किशोरीलाई आफ्नो बुबासहित परिवारका सदस्यले ज्युँदै जलाएर मार्ने उद्योगको अभियोगमा त्यहाँका अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मृतक समिक्षा ठकुरी

रुपन्देहीको कञ्चन नगरपालिका वडा नम्वर– ५, कि १६ वर्षीया समिक्षा ठकुरी गत असार ९ गते आफ्नै घरमा जलेको अवस्थामा गम्भीर घाईते भई उपचारको क्रममा असार २० गते मृत्यु भएको थियो ।

समिक्षालाई ज्युँदै जलाएर हत्या गरेको अभियोगमा समिक्षाका बुबा तेजबहादुर ठकुरी, हजुर आमा हरिमाया ठकुरी र फुपु अमृता भनिने शोभा रानालाई जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायधिश शारदाप्रसाद श्रेष्ठको इजलासले उनिहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समिक्षाले अधिकार खोज्दा ज्युँदै जलाइयो

समिक्षाकी आमा माया ठकुरी श्रीमानको हेलात्व सहन नसकेर माईतीमा उनै छोरी समिक्षालाई राख्दै बैदेशिक रोजगारका लागि इराकमा कार्यरत थिईन् । समिक्षा आफ्नो बुबाबाट छोरीको अधिकार खोज्न चाहन्थिन । उनि अन्याय अत्यचार विरुद्ध जाग्नु पर्छ भन्ने स्वाभवकी थिईन् ।

जसलाई त्यस परिवारले जिद्धि स्वभावकी केटी भन्थे । उनि आमासँग म मेरो बुवाको घरमा किन नजाने ? म कति दिन मावली घरमा बस्ने ? भन्दै केही महिना अघि बाबुको घरमा गई पढ्न थालेकी थिईन् । स्थानीयका अनुसार त्यस घटनाको केही दिन अघि घरमा झगडा परेको पनि थियो ।

समिक्षाले बाबुबाट संघर्ष गरेरै अंश लिन चाहेकी थिईन् । जुन कुरा उनका बाबु र अन्य सदस्यलाई सहेनन । त्यस दिन साँझ राति अबेरसम्म उनी घर बाहिर बसेर मोबाईल चलाउँदै गरेको स्थानीयले देखे पनि त्यस पछिको अवस्था अज्ञात छ ।

उनि अर्को दिन भित्र कोठामा जलेर अचेत अवस्थामा भेटिएपछि बुटवल हुँदै उपचारका लागि राजधानी काठमाडौं ल्याइएको थियो । उनको मृृत्युको खबरपछि उनकी आमा इराकबाट फर्केर छोरीको हत्या गरिएको भन्दै प्रहरीमा जाहेर दिएपछि यो घटना बाहिर आएको हो ।

उपचारको क्रममा समिक्षाकी नाता पर्ने एक महिलालाई सोध्दा समिक्षाले हजुरआमाले मट्टितेल छरेर जलाएको बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्ले जानकारी दिए । उनले भने–‘यी र यस्तै सबुत प्रमाणको आधारमा अदालतले उनिहरु तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com