७७ बर्षको उमेरमा जिमखाना जाने यी आमा, जिमले नै बनायो निरोगी ( भिडियो )


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

केही दिन देखि सामाजिक संजालमा जिमखानामा कसरत गरिरहेकी एकजना वृद्ध आमाको तस्बिर भाइरल बनेको थियो । ती आमा काँडाघारीकी ज्ञानी माया हुन् ।

ज्ञानी मायालाई हाड जोर्नी तथा नसाको समस्या थियो ।  त्यसकै उपचारको लागि उनी सुविधा सम्पन्न अस्पतालहरुमा गइन् । तर कहीं गएपनि उनलाई निको भएन । डाक्टरकै सल्लाहमा उनले घरमा थेरापी गर्न थालिन् । त्यसपछि उनी जिमखानामा गएपछि अनुशासनमा रहेर र निश्चित समय दिएर थेरापी गर्न सकिन्छ भनेर जिमखाना जान थालिन् । विस्तारै उनले जिमखानाका विभिन्न अभ्यास सिक्दै गइन् । उनी अहिले ७७ वर्षकी भइन् र उनी जिम जान थालेको १३ वर्ष पुगेको छ ।

जिम जान थालेपछि शरीर फुर्तिलो र निरोगी भएको आमा ज्ञानी माया बताउँछिन् । उनलाई अहिले कुनै पनि रोग छैन । जिममा शारीरिक अभ्यासको लागि, फिटनेसको लागि आएका मानिसहरुलाई हेर्दै, उनीहरुसंग भलाकुसारी गर्दै जिम गर्दा उनलाई रमाइलो लाग्छ । जीवनका अबका वर्ष पनि उनी यसै गरि बिताउन चाहन्छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com