‘इन्काउन्टर’मा परेका युवाका परिवारले मानवअधिकार आयोग गुहारे


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

अपहरणपछि बालकको हत्या गरेको अभियागेमा भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका भनिएका दुईजनाका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका दर्ता गरेका छन् ।

बुधबार आयोगको हरिहरभवनस्थित कार्यालय पुगेका उनीहरुले घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् । दुवै परिवारको उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी डा. टीकाराम पोखरेलले जानकारी दिए । आयोगले उक्त घटनाको वास्तविकताबारे छानविन गर्ने आश्वासनसमेत पीडित परिवारलाई दिएको छ ।

पेप्सीकोला काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङमाथि इन्काउन्टर गरिएको जनाएको थियो ।

मारिएका दुवै युवाका परिवारले उजुरी दिँदै घटनाको सत्यतथ्य छानबिन गर्न आयोगका अधिकारीसमक्ष माग गरेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भने भक्तपुरको सूर्यविनायक नजिकैको जंगलमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको बताउदै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com