नेकपाको सांगठनिक एकीकरणबारे विहिबार टुंगो लाग्ने


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकीकरणको कामलाई विहीबार टुंगो लगाउने भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सांगठनिक एकिकरण सम्बन्धी विषयलाई विहिबार टुंगो लगाउने सहमति गरेको हो ।

पार्टीको विद्यान अनुसार भदौ ५ गते भित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएकोले नेकपाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको बताइएको छ ।

यसअघि नेकपाले भदौ ५ गते भित्र संगठनको एकीकरणको काम सम्पन्न गर्ने गरी आन्तरिक सर्कुलर समेत जारी गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी मुलुकको समग्र राजनीतिक विषयबारे खुल्ला ढंगले छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाउने विषयमा पनि भोलिको बैठकले निर्णय गर्ने बताइएको छ।

बुधबारको बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यलाई जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com