सेसन महान्यायाधिवक्ता, पोम्पियो सीआईए प्रमुख


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरेको ट्रम्प निकट स्रोतले जनाएको छ ।

नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनौट गरेका उनले बताए ।

उच्चपदमा छानिएका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र वर्तमान अमेरिकी नीतिका कटु आलोचकका रुपमा चिनिएका व्यक्तित्व हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com