छानिदै ‘नेपाल नेक्स्ट सुपरस्टार’, ८ स्थानमा अडिसन, शनिबारदेखि सुरु


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बनाउन सघाउने अभिप्रायले ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ हुने भएको छ । थ्रिडी नेपाल र एम.पि. इभन्टेन्स एण्ड इन्टरटेन्मेन्टले प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका लागि नेपालका विभिन्न ८ स्थानमा अडिशन हुने भएको छ । अडिशन शनिबार काठमाडौंको न्युरोड विशाल बजारमा रहेको बेन्टो लाउन्ज एण्ड बारमा हुनेछ । त्यसपछि साउन २६ मा धरान, साउन २७ मा इटहरी, साउन २८ मा बिरगञ्ज, साउन २९ मा चितवन, साउन ३१ मा बुटवल, भाद्र २ मा पोखरा र भाद्र ९ मा काठमाडौंमा अडिशन हुनेछ ।

प्रतियोगिताका विजेताहरुले चलचित्र, म्युजिक भिडियो, अन्तर्राष्ट्रिय फेशन शो, प्रतियोगिताहरु, विज्ञापनहरु र पत्रपत्रिकाहरुमा अभिनय र मोडलिंगको अवशर पाउने छन् । विजेताले नगद पुरस्कार एक लाख रुपैया, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमणको अवशर समेत पाउनेछन् । प्रतियोगिताका फस्ट तथा सेकेन्ड रनर अपले फेशन डिजाइनिङको एक वर्षे कोर्षमा क्रमशः पच्चीस तथा पन्ध्र प्रतिशतको छुट र म्युजिक भिडियो, विज्ञापन तथा फेसन शोमा अवसर प्राप्त गर्नेछन् ।

मुख्य तीन उपाधि बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, वेष्ट वाक,कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रतिस्पर्धा राजधानीमा सम्पन्न हुने प्रतियोगिता आयोजक समितिमा रहेका सुनिल गुभाजुले जानकारी दिएका छन् । मोडल अफ एरामा सहभागी भइसकेका सुनिलले विभिन्न इभेन्टको कोरियोग्राफर र कोअर्डिनेटरका रुपमा काम गर्दै आएका छन् । नेपाल नेक्स्ट सुपरस्टार २०१८का मुख्य आयोजक भने मदन पौडेल हुन् । प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहनेछ भने कलाकार सविन श्रेष्ठ र गायक सुवास चाम्लिङ पनि सहभागी हुनेछन् ।

सहभागिताका लागि कम्तीमा एसएससी वा एसइइलाई न्युनतम शैक्षिक योग्यता भएको, पुरुष सहभागीको हकमा उमेर १८ देखि २६ वर्ष र उचाईं न्युनतम ५ फिट ५ इन्च तथा महिला सहभागिको हकमा उमेर १८ देखि २६ वर्ष र उचाई न्युनतम ५ फिट २ इन्च भएको हुनुपर्नेछ ।

पहिलो पटक हुन लागेको यो प्रतियोगितामा सहभागी हुन चाहनेहरुले थापाथली काठमाडौंको ब्लुबर्ड मलमा रहेको थ्रीडी नेपालमा सम्पर्क गर्न वा ०१ २२९६९७४, ९८१८४७७३९१ र ९८४३२२८१४१ मा फोन गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com